काठमाडौं – कोरोना भाइरसको संक्रमण जितेका चितवनका एक युवा डिस्चार्ज भए पनि अस्पतालमै बसेका छन् ।
भरतपुर अस्पतालमा उपचार गराइरहेका २७ वर्षीय युवकले कोरोनालाई जिते पनि आमाको सेवाका लागि अस्पतालमै बसेका हुन् ।
उनको तेस्रो पटकको पीसीआर परीक्षणमा नेगेटिभ आएपछि उनलाई शनिबार अस्पतालले डिस्चार्ज गरेको हो ।
शनिवार डिस्चार्ज हुने युवक राप्ती नगरपालिका वडा नम्बर ८ का हुन् । उनीसँगै उनकी ६३ वर्षीया आमालाई पनि कोरोना संक्रमण देखिएको थियो ।
६३ वर्षीया आमाको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको बताइएको छ । उनले आमालाई निको भएपछि मात्र घर फर्कने बताएका छन् ।
उनलाई अस्पतालको बेग्लै कोठामा राखिएको छ । यससँगै नेपालमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या १२ पुगेको छ ।
प्रतिक्रिया