कोरोना संक्रमण जितेका चितवनका युवा आमाको सेवाका लागि अस्पतालमै « Khabarhub

कोरोना संक्रमण जितेका चितवनका युवा आमाको सेवाका लागि अस्पतालमै


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण जितेका चितवनका एक युवा डिस्चार्ज भए पनि अस्पतालमै बसेका छन् ।

भरतपुर अस्पतालमा उपचार गराइरहेका २७ वर्षीय युवकले कोरोनालाई जिते पनि आमाको सेवाका लागि अस्पतालमै बसेका हुन् ।

उनको तेस्रो पटकको पीसीआर परीक्षणमा नेगेटिभ आएपछि उनलाई शनिबार अस्पतालले डिस्चार्ज गरेको हो ।

शनिवार डिस्चार्ज हुने युवक राप्ती नगरपालिका वडा नम्बर ८ का हुन् । उनीसँगै उनकी ६३ वर्षीया आमालाई पनि कोरोना संक्रमण देखिएको थियो ।

६३ वर्षीया आमाको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको बताइएको छ । उनले आमालाई निको भएपछि मात्र घर फर्कने बताएका छन् ।

उनलाई अस्पतालको बेग्लै कोठामा राखिएको  छ । यससँगै नेपालमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या १२ पुगेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : ५१ बजे

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले

समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा

कञ्चनपुर – समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन्

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट