भक्तपुरका एक हजार विपन्न परिवारलाई राहत वितरण « Khabarhub

भक्तपुरका एक हजार विपन्न परिवारलाई राहत वितरण


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनले खानपिनमा समस्या भइरहेका भक्तपुरका एक हजार परिवारलाई राहत वितरण गरिएको छ ।

योयो बैंक्वैट र मानवीय आस्था नेपालले शनिबार स्थानीय अतिविपन्न एक हजार परिवारलाई राहत वितरण गरेको छ ।

सूर्यविनायक, पाण्डुबजार, घलाते, दार्जलिङ हाइटलगायतका स्थानीय गरीब तथा अतिविपन्न ६०० परिवारलाई योयो बैंक्वैटबाट राहत वितरण गरिएको बैंक्वैटका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिए ।

त्यसैगरी सिपाडोल क्षेत्रका ४०० परिवारलाई वाग्मती क्लबबाट राहत वितरण गरेको जानकारी दिँदै उहाँले प्रतिपरिवार एक हजार रुपैयाँ बराबरको चालम, दाल, नुन, मस्यौरा र तेल राहत दिएको जानकारी दिए ।

धेरैजस्तो मजदुर घर फर्किसकेको र घर फर्कन नपाएका र यतै बस्ने मजदुर, गरिब तथा अतिविपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

मानवीय आस्था नेपालले अहिलेसम्म भक्तपुरमा पाँच हजारभन्दा बढी परिवारलाई राहत वितरण गरेको र दैनिक सडक मानव, भोकै बसेका अहिलेसम्म १० हजारभन्दा बढीलाई खाना खुवाएको मानवीय आस्था नेपालका दिनेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : ४७ बजे

अनेरास्ववियुका पूर्वअध्यक्ष पराजुली दुई क्षेत्रबाट उम्मेदवार सिफारिस

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष सुदेश पराजुलीलाई दुई

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी

मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी

क्वालालम्पुर- मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार १एमडिबी सरकारी लगानी कोषबाट

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा