निर्वाचनमा धक्का लाग्ने सल्लाहपछि राेके ट्रम्पले नियमित प्रेस ब्रिफ्रिङ | Khabarhub Khabarhub

निर्वाचनमा धक्का लाग्ने सल्लाहपछि राेके ट्रम्पले नियमित प्रेस ब्रिफ्रिङ


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा कोरोना भाइरस (कोभिड–१९) को विषयमा दैनिक गर्दै आएको प्रेस ब्रिफ्रिङ बन्द गरेका छन् ।

ट्रम्पलाई सल्लाहकारले आगामी निर्वाचनमा उक्त प्रेस ब्रिफिङले असर पार्नसक्ने राय दिएपछि उनले आफ्नो नियमित प्रेस ब्रिफिङ रोक्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको नियमित टास्क फोर्सको प्रेस ब्रिफिङमा उनी पत्रकारहरुसँग विवाद गर्दै रिसाउन थालेपछि अमेरिकामा आलोचना हुँदै आएको थियो ।

प्रेस ब्रिफिङमा ट्रम्पले प्रमाणित नभएको र गलत मेडिकल सुझाव दिएपछि उनको ब्यापक आलोचना भएको थियो । ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा प्रेस ब्रिफिङको कुनै अर्थ नरहेको बताएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ११ : ०७ बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को