ओलीसँगको भेटबारे वामदेव गौतमको स्पष्टीकरण– साझा प्रयत्नबाट समस्या समाधान गर्न भनेको हुँ « Khabarhub

ओलीसँगको भेटबारे वामदेव गौतमको स्पष्टीकरण– साझा प्रयत्नबाट समस्या समाधान गर्न भनेको हुँ


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीबीचको पछिल्लो कुराकानीमा पार्टीभित्र देखिएका समस्याको समाधान साझा प्रयत्नबाट गर्न सुझाव दिएको जनाएका छन् ।

उपाध्यक्ष गौतमले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि पनि उत्पन्न अनेक समस्या समाधान गर्न पार्टीका कमिटीलाई बाइपास नगरी प्रत्यक्ष छलफल गरेर तथा अरुका सुझाव र विचारलाई सम्मान गर्दै समाधान गर्न सुझाव दिएको स्पष्ट पारे ।

उपाध्यक्ष गौतमले पार्टीको सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउन सुझाव दिएको आइतबार विज्ञप्ति जारी गरी स्पष्ट पारेका छन् ।

‘प्रधानन्त्रीले धैर्यपूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु,’ गौतमले विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १२ : २४ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु