लकडाउनबारे निर्णय गर्न बस्न लागेको मन्त्रिपरिषद बैठक सर्‍यो « Khabarhub

लकडाउनबारे निर्णय गर्न बस्न लागेको मन्त्रिपरिषद बैठक सर्‍यो


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  दुई बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सरेको छ । बैठक पाँच बजेका लागि सारिएको हो ।

प्रधानमन्त्री केपीशर्मा ओली अन्य बैठकमा पनि सहभागी हुनुपर्ने भएका कारण मन्त्रिपरिषद् बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने नलम्ब्याउने वा खुकुलो पार्ने नपार्ने बारे निर्णय गर्ने तयारी गरिएको छ । यसअघि सरकारले घोषणा गरेको लकडाउन वैशाख १५ गते सकिँदैछ ।

मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम सँग छलफल गर्ने छन् ।

हिजो शनिवार बसेको कार्यदलले एक साता लकडाउन थप गर्न सुझाव दिएको थियो भने उच्च स्तरीय समितिले पनि तत्काल लकडाउन खोल्ने अवस्था नरहेको राय सरकारलाई दिएको थियो ।

आजको छलफल पछि सरकारले यसबारे निर्णय गर्ने छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  २ : ०८ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु