फुटबल मैदान क्वारेन्टाइनमा परिणत « Khabarhub

फुटबल मैदान क्वारेन्टाइनमा परिणत


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– इन्डियन सुपर लिग क्लब जमशेदपुर एफसीको घरेलु मैदानलाई क्वारेन्टाइनमा परिणत गरिएको छ ।

क्लब सञ्चालक रहेको टाटा स्टील लिमिटेडद्वारा संचालित जेडीआर टाटा स्पोर्ट्स कम्प्लेक्सलाई कोरोना भाइरसबाट पीडीत मजदुरहरु बस्नका लागि क्वारेन्टाइनमा परिणत गरिएको ह‍ो ।

क्लब र रंगशाला दुवै टाटा स्टीलको हो भने प्रदेश सरकारसँग मिलेर जनतालाई आवश्यक परेका कारण त्यसलाई क्वारेन्टाइन बनाइएको हो ।

जमशेदपुर एक औधोगिक क्षेत्रमा पर्छ । त्यहाँ घर भएका छिमेकी शहरमा काम गरि फर्केका मजदुरहरुलाई त्यहाँ राखिएको समाचारहरुमा जनाइएको छ ।

भारतमा राष्ट्रव्यापी लकडाउन चलिरहँदा टाटा स्टिलले समस्यामा परेका मजदुरहरु बस्नका मैदानलाई क्वारेन्टाइन बनाएको हो ।

क्वारेन्टाइनमा रहेका मजदुरहरुका लागि अस्थायी विछ्यौना, खानेकुरा र सामाजिक दुरी कायम गर्ने गरे व्यवस्थित गरिएको बताइएको छ ।

जश्मदपुर रंगशालामा फुटबल रंगशालामा एथलेटिक्स ट्र्याक, पौडी पोखरी, फिल्ड हकी, बास्केटबल कोर्ट आदि खेल मैदान पनि छन् ।

कोरोना भाइरसका कारण खेल गतिविधि बन्द भएका बेला उक्त रंगशालालाई क्वारेन्टाइन बनाइएको हो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  २ : ३७ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी