अन्नपूर्णको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप २ जनाको शव फेला « Khabarhub

अन्नपूर्णको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप २ जनाको शव फेला


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गत माघ ३ गते अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा हिमपहिरोमा परी हराएका ४ कोरियन र ३ नेपाली पदयात्रीमध्ये थप २ जनाको शव फेला परेको छ ।

पदयात्रा क्षेत्रअन्तर्गत पर्ने कास्कीको अन्नपूर्ण गाँउपालिका–११ स्थित ३ हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिमपहिरोमा हराएका दुई जनाको शव शनिबार साँझ घटनास्थल नजिक मोदी नदी किनारमा फेला परेको हो । शनिबार साँझ फेला परेका शवलाई पोखरा ल्याउने प्रक्रिया शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा मुचुल्का टोली घटनास्थलमा पुगिसकेको र फेला परेको शव कोरियनको भएको बताइए पनि सनाखत भइनसकेको उनको भनाइ छ ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत शव ल्याउने तयारी गरिएको छ । हराएका तीन नेपालीमध्ये २ जनाको यसअघि नै शव फेला परेको थियो ।

सो पहिरोमा हराएका नेपाली पर्यटक पथप्रदर्शक सरोज परियारको गत चैतमा शव फेला परेको थियो भने अर्का एक नेपाली मेमबहादुर तामाङको शव गत वैशाख ११ गते फेला परेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  २ : ४९ बजे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो