राजपा र समाजवादीको पार्टी दर्ता रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी « Khabarhub

राजपा र समाजवादीको पार्टी दर्ता रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो ।

युवा संघका केन्द्रीय सदस्य अमित लामाले उजुरी दर्ता गराएका हुन् ।

‘हामीले दुई दलबीचको सहमति पत्रमा बहु राष्ट्रिय राज्य कायम गर्ने उल्लेख भएको र सो व्यवस्था संविधान प्रतिकुल भएको उल्लेख गरेर निर्वाचन आयोगमा उजुरी गरेका हौँ’, लामाले भने ।

नयाँ दलको उद्देश्य नेपालमा बहु राष्ट्रिय राज्य काम गर्ने भनी उल्लेख गरिएको भन्दै दल दर्ता खारेजी हुनुपर्ने जिकिर निवेदनमा गरिएको छ ।

‘छुट्टै देश अर्थ झल्कने गरी दल दर्ता गर्न प्रस्ताव गरिएकाले नेपालको संवधानको धारा २६९ को ५ विपरित प्रस्ताव गरिएकाले उक्त दल दर्ता प्रक्रिया रोकी पाउन यो निवेदन पेश गरेका छौँ’  निवेदनमा भनिएको छ ।

राजपा र समाजवादीपार्टी बीच एकीकरण भएकर जनता समाजवादी पार्टी गठन भएको छ ।

समाजवादी पार्टीका नेताहरु सांसद सुरेन्द्र यादवलाई पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको भन्दै प्रहरीमा उजुरी दिएको केही समयमा नै युवा संघका नेताले पार्टी दर्ता विरुद्ध नै उजुरी दर्ता गरेका हुन् ।

खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याइपुर्‍याएको आरोप लागेको छ ।

पूर्वआइजिपी खनाल र पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनकै योजनाअनुसार काठमाडौं आउन सहजीकरण गरेको दाबी गरेका छन्।

समाजवादी फुटाउने योजनासहित जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको थियो। तर बिहीबार बिहान उनी उक्त होटलबाट भाग्न सफल भएको समाजवादीका नेताहरुले दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ४ : ३५ बजे

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय