कोरोना जितेर १६ जना संक्रमित अस्पतालबाट डिस्चार्ज, ३५ जनाको उपचार हुँदै « Khabarhub

कोरोना जितेर १६ जना संक्रमित अस्पतालबाट डिस्चार्ज, ३५ जनाको उपचार हुँदै


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीरगञ्जको नारायणी अस्पतालमा उपचारत ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले वीरगञ्जको नारायणी अस्पतालमा उपचारत ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जानकारी दिए ।

नारायणी अस्पतालमा उपचाररत रौतहटका १९ वर्षीया पुरुष १४ औं दिन र ३ जना भारतीय नागरिक १५ औं दिनपछि कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उनका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या हालसम्म ५१ पुगेको छ भने निको हुनेको संख्या १६ पुगेको छ ।

संक्रमितहरुमध्ये धनगढीको सेती प्रादेशिक अस्पतालमा १ जना, विरगञ्जको नारायणी अस्पतालमा ३ जना, भरतपुरको कोरोना विशेष अस्पतालमा १ जना र विराटनगरको कोशी अस्पतालमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको छ । प्रवक्ता डाक्टर देवकोटाका अनुसार विभिन्न अस्पतालमा उपचारत ३५ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

डा देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट ९ हजार ९ सय ३१ वटा नमूना परीक्षण गरिएको छ । यस्तै र्‍यापिड डाग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४१ हजार ४ सय ३६ वटा नमूना परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्र २ हजार ९६ वटा नमूना परीक्षण भएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार काठमाडौं उपत्यका सहित देशभरका अस्पतालमा १ सय १० जना जना आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ४ : ४१ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन