कोरोना जितेर १६ जना संक्रमित अस्पतालबाट डिस्चार्ज, ३५ जनाको उपचार हुँदै | Khabarhub Khabarhub

कोरोना जितेर १६ जना संक्रमित अस्पतालबाट डिस्चार्ज, ३५ जनाको उपचार हुँदै


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीरगञ्जको नारायणी अस्पतालमा उपचारत ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले वीरगञ्जको नारायणी अस्पतालमा उपचारत ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जानकारी दिए ।

नारायणी अस्पतालमा उपचाररत रौतहटका १९ वर्षीया पुरुष १४ औं दिन र ३ जना भारतीय नागरिक १५ औं दिनपछि कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उनका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या हालसम्म ५१ पुगेको छ भने निको हुनेको संख्या १६ पुगेको छ ।

संक्रमितहरुमध्ये धनगढीको सेती प्रादेशिक अस्पतालमा १ जना, विरगञ्जको नारायणी अस्पतालमा ३ जना, भरतपुरको कोरोना विशेष अस्पतालमा १ जना र विराटनगरको कोशी अस्पतालमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको छ । प्रवक्ता डाक्टर देवकोटाका अनुसार विभिन्न अस्पतालमा उपचारत ३५ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

डा देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट ९ हजार ९ सय ३१ वटा नमूना परीक्षण गरिएको छ । यस्तै र्‍यापिड डाग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४१ हजार ४ सय ३६ वटा नमूना परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्र २ हजार ९६ वटा नमूना परीक्षण भएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार काठमाडौं उपत्यका सहित देशभरका अस्पतालमा १ सय १० जना जना आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ४ : ४१ बजे

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा

कार्यस्थलमा छैन स्तनपान कक्ष

चितवन– सरकारले सुत्केरी महिलाका लागि तीन महिना बिदा दिने गरेको

ताप्लेजुङको लामपोखरी पर्यटकको पर्खाइमा

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखो गाउँपालिका- ५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा

सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व संकलन

 दोधारा चाँदनी – सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणले

धितोपत्रको आइजीन छुट्याउन ५ वटा प्रमाण चाहिने

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विचाराधीन ‘धितोपत्र अभौतिकीकरण कार्य