सांसद ‘अपहरण’ प्रकरणमा प्रहरीद्वारा जाहेरी लिन अस्वीकार « Khabarhub

सांसद ‘अपहरण’ प्रकरणमा प्रहरीद्वारा जाहेरी लिन अस्वीकार


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साबिक समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले आफूलाई अपहरण गरिएको भनेर दिएको उजुरी (जाहेरी) दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ ।

समाजवादी र राजपा एकीकरणपछि बनेको जनता समाजवादी पार्टीका शीर्ष नेताहरुसहित डा यादव आइतबार दिउँसो उजुरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं (टेकु) पुगेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका सांसदद्वय महेश बस्नेत तथा किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व महानिरीक सर्वेन्द्र खनालले अपहरण गरी आफ्नो गृहजिल्लाबाट काठमाडौं पुर्‍याएर बन्धक बनाएको भन्दै डा यादव उजुरी दर्ता गर्न पुगेका थिए ।

तर, काठमाडौं प्रहरीले बारदात भएको स्थान (घटनास्थल) महोत्तरीमा भएको भन्दै उजुरी दर्ता गर्न अस्वीकार गरेको हो ।

उजुरी दर्ताका लागि पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत आइतबार प्रहरी परिसर काठमाडौं पुगेका थिए ।

तर, नेताहरु उजुरी दर्ता गर्न जाँदा महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवाली भने कार्यालयमा थिएनन् ।

जनता समाजवादी पार्टीका नेता एवम् पूर्व प्रधानमन्त्री डा भट्टराईले उजुरी अस्वीकार गरिएको विषय जनाएका छन् ।

उजुरी दर्ता गर्न अस्वीकार भएको विषय सामाजि सञ्जालमा उल्लेख गर्दै डा भट्टराईले लेखेका छन्, यत्रो देश–विदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौंमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ५ : ०५ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु