स्वास्थ्य मन्त्रालयका प्रवक्ताको दाबी– नेपालमा कोरोना संक्रमण फैलिनबाट रोक्न सकिन्छ « Khabarhub

स्वास्थ्य मन्त्रालयका प्रवक्ताको दाबी– नेपालमा कोरोना संक्रमण फैलिनबाट रोक्न सकिन्छ


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण फैलनबाट रोक्न सिकने दाबी गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा हाल १६ जना कोरोना संक्रमित निको भइसकेको र अन्य संक्रमितको अवस्था पनि सामान्य रहेकाले नेपालमा कोरोना फैलनबाट रोक्न सक्ने दाबी गरेका हुन् ।

डा देवकोटाले विदेशबाट प्रवेशमा रोक लगाउने, जनचेतनाको काम गर्ने, क्वारेन्टाइन निगरानीको व्यवस्थापन गर्ने र बिरामीको व्यवस्थापन गर्ने गरी सरकारले ४ वटा रणनीतिमा काम गरेका बताए ।

उनले लकडाउन गरेर सरकारले कोरोनाको परीक्षणको दायरालाई बढाएको र संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङको काम योजना अनुसार नै अगाडि बढाइएको बताए ।

प्रवक्ता डा देवकोटाले सार्क राष्ट्रमध्ये भुटान ७ वटा संक्रमित भएर शुन्य मोडालिटिमा पुगेको र नेपाल दोस्रो स्थानको शुन्य मोडालिटिमा रहेको बताए । डा देवकोटाका अनुसार दक्षिण एसियाली मुलुकमध्येमा नेपाल सामान्य स्थानमा रहेको छ ।

प्रवक्ता देवकोटाले सार्क राष्ट्रका मन्त्रीहरुसँग भएको छलफलमा पनि नेपालको अवस्था समान्य रहेको निष्कर्ष निकालिएको पनि बताए । नेपालको कोरोना परीक्षणको विधि भुटान र माल्दिभ्स पछिका अन्य राष्ट्रको भन्दा गुणस्तर रहेको पनि डा देवकोटाले बताए ।

देवकोटाले दक्षिण एसियाका देशमध्ये पहिलो पटक नेपालमा संक्रमित भेटिएको र ५१ जना संक्रमित पुग्दा पनि नेपालमा रहेका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

डा देवकोटाका अनुसार नेपालमा रहेका संक्रमितहरुमा केहीमा सामान्य लक्षण देखिए पनि अघिकाशं संक्रमित भने ‘लक्षण विहीन’ अवस्थामा छन् ।

यस्तै १६ जना निको भइसकेको भन्दै प्रवक्ता देवकोटाले कोरोना संक्रमितको उपचारका लागि नेपालको व्यवस्थापन पनि राम्रो भएको दाबी गरे ।

उनले काठमाडौं उपत्यका बाहेक प्रदेश र जिल्लाहरुमा देशव्यापी रुपमा उपचारको अवस्थामा सुधार गरिएको बताए । प्रवक्ता देवकोटाले यस्तै अवस्थामा रहे नेपालमा आगमी दिनमा पनि कोरोनालाई व्यवस्थापन गर्न सकिने र रोग नियन्त्रण गर्न सकिने पनि बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ५ : ३४ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक