स्वास्थ्य मन्त्रालयका प्रवक्ताको दाबी– नेपालमा कोरोना संक्रमण फैलिनबाट रोक्न सकिन्छ | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयका प्रवक्ताको दाबी– नेपालमा कोरोना संक्रमण फैलिनबाट रोक्न सकिन्छ


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण फैलनबाट रोक्न सिकने दाबी गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा हाल १६ जना कोरोना संक्रमित निको भइसकेको र अन्य संक्रमितको अवस्था पनि सामान्य रहेकाले नेपालमा कोरोना फैलनबाट रोक्न सक्ने दाबी गरेका हुन् ।

डा देवकोटाले विदेशबाट प्रवेशमा रोक लगाउने, जनचेतनाको काम गर्ने, क्वारेन्टाइन निगरानीको व्यवस्थापन गर्ने र बिरामीको व्यवस्थापन गर्ने गरी सरकारले ४ वटा रणनीतिमा काम गरेका बताए ।

उनले लकडाउन गरेर सरकारले कोरोनाको परीक्षणको दायरालाई बढाएको र संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङको काम योजना अनुसार नै अगाडि बढाइएको बताए ।

प्रवक्ता डा देवकोटाले सार्क राष्ट्रमध्ये भुटान ७ वटा संक्रमित भएर शुन्य मोडालिटिमा पुगेको र नेपाल दोस्रो स्थानको शुन्य मोडालिटिमा रहेको बताए । डा देवकोटाका अनुसार दक्षिण एसियाली मुलुकमध्येमा नेपाल सामान्य स्थानमा रहेको छ ।

प्रवक्ता देवकोटाले सार्क राष्ट्रका मन्त्रीहरुसँग भएको छलफलमा पनि नेपालको अवस्था समान्य रहेको निष्कर्ष निकालिएको पनि बताए । नेपालको कोरोना परीक्षणको विधि भुटान र माल्दिभ्स पछिका अन्य राष्ट्रको भन्दा गुणस्तर रहेको पनि डा देवकोटाले बताए ।

देवकोटाले दक्षिण एसियाका देशमध्ये पहिलो पटक नेपालमा संक्रमित भेटिएको र ५१ जना संक्रमित पुग्दा पनि नेपालमा रहेका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

डा देवकोटाका अनुसार नेपालमा रहेका संक्रमितहरुमा केहीमा सामान्य लक्षण देखिए पनि अघिकाशं संक्रमित भने ‘लक्षण विहीन’ अवस्थामा छन् ।

यस्तै १६ जना निको भइसकेको भन्दै प्रवक्ता देवकोटाले कोरोना संक्रमितको उपचारका लागि नेपालको व्यवस्थापन पनि राम्रो भएको दाबी गरे ।

उनले काठमाडौं उपत्यका बाहेक प्रदेश र जिल्लाहरुमा देशव्यापी रुपमा उपचारको अवस्थामा सुधार गरिएको बताए । प्रवक्ता देवकोटाले यस्तै अवस्थामा रहे नेपालमा आगमी दिनमा पनि कोरोनालाई व्यवस्थापन गर्न सकिने र रोग नियन्त्रण गर्न सकिने पनि बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ५ : ३४ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी