कोरोना भाइरसको संक्रमण रोक्न नेपाल-भारत मैत्री संस्थाहरुद्वारा स्वास्थ्य सामग्री सहयोग « Khabarhub

कोरोना भाइरसको संक्रमण रोक्न नेपाल-भारत मैत्री संस्थाहरुद्वारा स्वास्थ्य सामग्री सहयोग


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा सक्रिय नेपाल-भारत मैत्री संस्थाहरुले कोरोना भाइरसको जोखिम रोक्न विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छन् ।

नेपाल-भारत मैत्री संस्थाहरुले नेपालमा कोरोना संक्रमणविरुद्धको सहकार्यका लागि सरकार तथा स्थानीय अस्पतालहरूलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । उनीहरुले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताएका छन् ।

नेपाल भारत मानव विकास र मैत्री संघले ५ अप्रिल २०२० मा सिंहदरबारमा एक समारोहमा स्वास्थ्य र जनसंख्या मन्त्रालयलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) किट हस्तान्तरण गरेको जनाएको छ ।

पीपीईहरू शहरी विकास राज्यमन्त्री श्री रामबीर मानन्धर र संघका अध्यक्ष श्री सूर्य भुसालले स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री भानुभक्त ढकाललाई स्वास्थ्य जनसंख्या मन्त्रालयका पदाधिकारीहरु र मिडियाका व्यक्तिहरूको उपस्थितिमा हस्तान्तरण गरेको जनाएको छ ।

त्यसैगरी निफाका अध्यक्ष राजकुमार सिंधीले नेपाल एसबीआई, एभरेष्ट बैंक, एनआईसी नेपाल, एशियन पेन्ट्स र बर्जर पेंट्सका प्रतिनिधिहरूसँगको सहकार्यमा गत ८ अप्रिलमा बागमती प्रदेशको हेटौंडा अस्पतालका लागि विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जानकारी दिए ।

उनले अस्पतालका लागि १० थान आईसीयू बेडहरू सामानको, २०० पीपीई किट्स, २ थान अक्सीजलगायतका सामग्री प्रदान गरिएको बताए ।

कोरोनाविरुद्धको सहकायर्यका लागि नेपाल भारत मानव विकास र मैत्री संघले ९ अप्रिलमा खानेपानी मन्त्री बीना मगरलाई २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) किट हस्तान्तरण गरेको समेत जानकारी दिएको छ । यस संस्थाले सुदुरपश्चिम प्रदेश सरकारलाई कोरोना बिरूद्धको लडाईमा सहयोगका लागि उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ ।

त्यसैगरी नेपाल भारत मैत्री संघ (निफा), हिन्दू स्वयंसेवक संघ (एचएसएस) र नेपाल एसबीआईका प्रतिनिधिहरूले १० अप्रिल २०२० मा बुटवलमा प्रदेश पाँच सरकारलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जानकारी दिएको छ ।

जसअन्तर्गत २०० पीपीई किट्स, ५,००० मास्क, ५,००० पन्जा लगायतका स्वास्थ्य सामग्री प्रदेश ५ का सामाजिक विकास सुदर्शन बराल, प्रदेश ५ का सामाजिक विकास संसदीय समितिका अध्यक्ष दीर्घ नारायण पाण्डेय र सामाजिक विकास मन्त्रालयका अन्य अधिकारीहरुको उपस्थितिमा सहयोग प्रदान गरिएको जनाएको छ ।

नेपाल भारत महिला मैत्री संघका अध्यक्ष चन्दा चौधरीले १२ अप्रिल २०२० मा जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई पीपीई किट्स, मास्क, पन्जा, स्यानटिसर र कीटाणुशोधन टङ्की लगायतका उपकरणहरू हस्तान्तरण गरेको जनाइन् ।

यस अघि संस्थाले महोत्तरी, सर्लाही र रौतहट जिल्लाहरूमा पनि स्थानीय अस्पतालहरूलाई स्वास्थ्य सामग्री दान गरेको उनले बताइन् । कूल २०० पीपीई, ५,००० मास्क, ५,००० पन्जा, १०० लिटर सनिटाइसर र २० कीटाणुशोधन टङ्कीहरू संस्थाले प्रदेश २ भरमा वितरण गरेको उनले जानकारी दिइन् ।

उक्त सामग्री भारतीय महिला संघले नेपाल-भारत महिला मैत्री संघलाई चिकित्सा आपूर्ति खरीदका लागि सहयोग प्रदान थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ६ : १० बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक