सांसद ‘अपहरण’ बारे प्रहरीले उजुरी लिन नमानेपछि डा बाबुराम भट्टराईले यसो भने « Khabarhub

सांसद ‘अपहरण’ बारे प्रहरीले उजुरी लिन नमानेपछि डा बाबुराम भट्टराईले यसो भने


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साबिक समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले आफूलाई अपहरण गरिएको भनेर दिएको उजुरी (जाहेरी) दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ ।

समाजवादी र राजपा एकीकरणपछि बनेको जनता समाजवादी पार्टीका शीर्ष नेताहरुसहित डा यादव आइतबार दिउँसो उजुरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं (टेकु) पुगेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका सांसदद्वय महेश बस्नेत तथा किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व महानिरीक सर्वेन्द्र खनालले अपहरण गरी आफ्नो गृहजिल्लाबाट काठमाडौं पुर्‍याएर बन्धक बनाएको भन्दै डा यादव उजुरी दर्ता गर्न पुगेका थिए ।

तर, काठमाडौं प्रहरीले बारदात भएको स्थान (घटनास्थल) महोत्तरीमा भएको भन्दै उजुरी दर्ता गर्न अस्वीकार गरेको हो ।

उजुरी दर्ताका लागि पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत आइतबार प्रहरी परिसर काठमाडौं पुगेका थिए ।

तर, नेताहरु उजुरी दर्ता गर्न जाँदा महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवाली भने कार्यालयमा थिएनन् ।

जनता समाजवादी पार्टीका नेता एवम् पूर्व प्रधानमन्त्री डा भट्टराईले उजुरी अस्वीकार गरिएको विषय जनाएका छन् ।

डा भट्टराइले यसो भने

पूर्व प्रहरी प्रमुखको संलग्नतामा जुन अपहरण जस्तो जघन्य प्रकृतिको घटना घट्यो स्वत नै हाम्रो कानून अनुसार त्यो सरकारवादी मुद्दा बन्छ । र प्रथम दृष्टियानै यति धेरै चर्चा परिचर्चा भइसकेपछि त्यसबारे कुनै जाहेरी नलिइकन राज्य आफैंले यो विषयमा मुद्दा अगाडि बढाउन सक्छ सामान्यत तरिका । तर त्यस्तो हुन्थ्यो भने यो समस्या नै आउँदैन थियो ।

अहिले हामी प्रहरीलाई केही दोषारोपण गर्न चाहदैनौं । उहाँहरुको वाध्यता र आदेश छ । जुन यो ओली तन्त्र छ जसले लोकतन्त्र मूल्य मान्यता विधान संविधान कानून सबै लत्याएको छ र राज्यको अपराधिकरण गरेको छ ।

आफैं सलग्न भएर अपहरण जस्तो काण्ड गरेको छ त्यसले सम्पूर्ण कर्मचारी प्रहरी प्रशासनलाई पनि आतंकित भएको छ । त्यसैले उहाँहरुले बुझ्दा बुझ्दै पनि , नबुझेर होइन कानूनको पालन गर्न सक्नु भएको छैन ।त्यसैले यो घटना अझ गम्भीर बनेर गएको छ ।

देश गम्भीर संकटको दिशा तर्फ जाँदैछ । हामीले प्राप्त गरेका उपलव्धिहरु गुम्दैछन् र राज्य अपराधिकरण भइसकेपछि नागरिकको जीवन रक्षा कसरी हुन्छ ? हामी आफ्ना कुरा सम्बन्धित ठाउँमा अहिले राख्ने छौं । केही तर्क वितर्क नगरि हाम्रा कुरा राखेर जाँदैछौं ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ५ : ४० बजे

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला

स्ट्रेट अफ हर्मुजमा जहाजहरू प्रवेश निषेध गरिएको आईआरजीसीको उर्दी

काठमाडौं – इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड्स कोर

भारतमा पटाका कारखानामा विष्फोट, २१ जनाको मृत्यु

नयाँदिल्ली – भारतमा शनिबार एक पटाका कारखानामा विस्फोट हुँदा कम्तीमा

इरानको बालिका विद्यालयमा इजरायली नरसंहार, मारिनेहरूको संख्या ८५ पुग्यो

काठमाडौं- इरानको मीनाब सहरस्थित बालिका प्राथमिक विद्यालयमा भएको इजरायली हमलामा ज्यान

राजनीतिक दलद्वारा मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह

काठमाडौं – विभिन्न राजनीतिक दल र दलका नेताहरूले मध्यपूर्वमा रहेका