लकडाउन उल्लंघन गर्ने ३५३ महिलासहित १ हजार ३१५ जना पक्राउ « Khabarhub

लकडाउन उल्लंघन गर्ने ३५३ महिलासहित १ हजार ३१५ जना पक्राउ


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ३ सय ५३ महिला सहित १ हजार ३१५ जनालाई पक्राउ गरेको छ ।

आइतबार बिहान ६ बजे देखि बेलुका ६ बजेको समयसम्म  प्रहरीले लकडाउन उल्लंघन गर्ने १ हजार ३१५ जनालाई  पक्राउ गरेको जनाएको हो ।

यसै गरी ४ सय २९ वटा दुई पाङ्ग्रे र ३१ वटा चारपाङग्रे गरी ४ सय ५३ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । काठमाण्डौमा सबै भन्दा बढी ९ सय ६०, ललितपुरमा ३ सय २५ र भक्तपुरमा ३० जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने लकडाउन जारी राखेको छ । लकडाउनको आज ३४ दिन पुगेको छ ।

पक्राउ परेकाहरुलाई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ६ : ४३ बजे

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट