लकडाउन उल्लंघन गर्ने ३५३ महिलासहित १ हजार ३१५ जना पक्राउ « Khabarhub

लकडाउन उल्लंघन गर्ने ३५३ महिलासहित १ हजार ३१५ जना पक्राउ


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ३ सय ५३ महिला सहित १ हजार ३१५ जनालाई पक्राउ गरेको छ ।

आइतबार बिहान ६ बजे देखि बेलुका ६ बजेको समयसम्म  प्रहरीले लकडाउन उल्लंघन गर्ने १ हजार ३१५ जनालाई  पक्राउ गरेको जनाएको हो ।

यसै गरी ४ सय २९ वटा दुई पाङ्ग्रे र ३१ वटा चारपाङग्रे गरी ४ सय ५३ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । काठमाण्डौमा सबै भन्दा बढी ९ सय ६०, ललितपुरमा ३ सय २५ र भक्तपुरमा ३० जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने लकडाउन जारी राखेको छ । लकडाउनको आज ३४ दिन पुगेको छ ।

पक्राउ परेकाहरुलाई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ६ : ४३ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक