७ नेपाली युवाले कोरोना संक्रमितलाई औषधि र खाना पुर्‍याउने रोबोट बनाए, कोशी अस्पतालमा प्रयोग गरिने « Khabarhub

७ नेपाली युवाले कोरोना संक्रमितलाई औषधि र खाना पुर्‍याउने रोबोट बनाए, कोशी अस्पतालमा प्रयोग गरिने


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोरोना संक्रमितलाई औषधि र खाना लैजानका लागि नेपाली युवाहरुले रोबोट बनाएका छन् ।

विराटनगरस्थित कारखाना यूवा समूहले कोरोना सक्रमित बिरामीलाई सहज रुपले अस्पताल भित्र खाना तथा औषधि पुर्याउन रोबोट निर्माण गरेका हुन् ।

सातजना युवा मिलेर ड्रोन क्यामरा सहित ‘डेलिवरी व्वाई’ नामको उक्त रोबोट युवाहरुले आज विराटनगर महानगरपालिकाकालाई हस्तान्तरण गरेका छन् ।

महानगरपालिकाको सहयोगमा ५० हजार रुपैयाँ लागतमा सात जना युवाले निर्माण गरेको उक्त रोबोट महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई हस्तान्तरण गरिएको छ ।

विराटनगर स्थित कोरोना विशेष अस्पतालमा उपचारमा रहेका कोरोना सक्रमितलाई खाना तथा औषधि पुर्याउन सहज होस भन्ने उदेश्यले रोबोट निर्माण गरेका हुन ।

विराटनगर स्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको संक्रमितहरुलाई खाना लगायत औषधिहरु संक्रमित रहेको ठाउमा पुर्याउन रोबोट प्रयोगमा ल्याईने कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा संगिता मिश्राले बताइन् ।

महानगरपालिकाका प्रमुख पराजुलीले उक्त रोबोट कोशी अस्पतालका प्रमुख डा. मिश्रालाई आजै हस्तान्तरण गरे ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ६ : ४९ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न