झापा- झापमा आज थप एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या २ पुगेको छ ।
झापाको बाह्रदशीमा मुस्लिम समुदायका एक व्यक्तिमा आइतबार कोरोना पुष्टि भएको हो । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै कोशी अस्पताल ल्याउने तयारी गरिएको छ ।
कोरोना संक्रमण देखिएका ती व्यक्तिलाई विराटनगरको कोशी अस्पताल ल्याउनको लािग प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रलायको टोली बाह्रदर्शी गएको जनाइएको छ। कोरोना पुष्टि भएका उनी जमातीबाट फर्किएको बुझिएको छ ।
यसअगाडि गत वैशाख १२ गते झापा दमकका ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी कोशी अस्पतालमा उपचाररत छन् ।
हालसम्म नेपालभर संक्रमितको संख्या ५२ पुगेको छ ।
प्रतिक्रिया