मेडिकलमा खोनतलासी गर्दा गाँजा र अवैध औषधि फेला, तीन पक्राउ « Khabarhub

मेडिकलमा खोनतलासी गर्दा गाँजा र अवैध औषधि फेला, तीन पक्राउ


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पामा अवैध औषधि बेचेकोे आरोपमा तीन जना पक्राउ परेका छन् ।

तानसेन नगरपालिका बर्तुङस्थित सरस्वती मेडिकलमा विशेष सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा गाँजा फेला परेपछि मेडिकलका सञ्चालक सरस्वती खनाल तथा उनका छोरा विवेक र प्रकाश कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खनालको भान्साघरबाट तीन सय ग्राम गाँजा जस्तो देखिने वस्तु फेला परेको तथा छोराको कोठामा टिनको बाकसभित्र लुकाइछिपाई राखिएको ११ पोकाभित्र तीन हजार २९५ ट्राडोमल होइड्रोक्लोराइड क्याप्सुल आइपी ट्रामोल ५० फेला परेकोे छ ।

फेला परेको क्याप्सुल औषधि भएको तर औषधि व्यवस्था विभागको स्वीकृतिमा मात्र प्रयोग गर्न पाइने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिए ।

फेला परेको औषधि लागुपदार्थका रुपमा प्रयोग हुने तथा अवैध बेचबिखन र ओसारपसार हुने भएकाले घरमै राखिएको सो औषधि के काममा प्रयोग भइरहेको छ भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

शनिबार पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : २९ बजे

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट