मेडिकलमा खोनतलासी गर्दा गाँजा र अवैध औषधि फेला, तीन पक्राउ « Khabarhub

मेडिकलमा खोनतलासी गर्दा गाँजा र अवैध औषधि फेला, तीन पक्राउ


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पामा अवैध औषधि बेचेकोे आरोपमा तीन जना पक्राउ परेका छन् ।

तानसेन नगरपालिका बर्तुङस्थित सरस्वती मेडिकलमा विशेष सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा गाँजा फेला परेपछि मेडिकलका सञ्चालक सरस्वती खनाल तथा उनका छोरा विवेक र प्रकाश कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खनालको भान्साघरबाट तीन सय ग्राम गाँजा जस्तो देखिने वस्तु फेला परेको तथा छोराको कोठामा टिनको बाकसभित्र लुकाइछिपाई राखिएको ११ पोकाभित्र तीन हजार २९५ ट्राडोमल होइड्रोक्लोराइड क्याप्सुल आइपी ट्रामोल ५० फेला परेकोे छ ।

फेला परेको क्याप्सुल औषधि भएको तर औषधि व्यवस्था विभागको स्वीकृतिमा मात्र प्रयोग गर्न पाइने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिए ।

फेला परेको औषधि लागुपदार्थका रुपमा प्रयोग हुने तथा अवैध बेचबिखन र ओसारपसार हुने भएकाले घरमै राखिएको सो औषधि के काममा प्रयोग भइरहेको छ भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

शनिबार पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : २९ बजे

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत

आज २०८२ साल चैत १६ गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास