ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश « Khabarhub

ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले सामाजिक अभियान्ता भनिने ज्ञानेन्द्र शाहीलाई पक्राउ गरिनुको कारण २४ घण्टाभित्र पेश गर्न आदेश जारी गरेको छ ।

ज्ञानेन्द्र शाहीका तर्फबाट अधिवक्ता ईन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि प्रयास फुयालको आइतबारको इजालाशले शाहीलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेश गर्न जिल्ला प्रशासन कार्यालय ललितपुर समेतका नाममा आदेश जारी गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले गत मंगलबार शाहीलाई पक्राउ गरेको थियो । लकडाउन उल्लंघन गरेको तथा प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा शाहीलाई पक्राउ गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरबाट म्याद थप गरी अहिले प्रहरीले उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : ४३ बजे

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट