धरानमा कोरोना संक्रमितको उपचारका लागि १०० शय्याको अस्पताल शुरु « Khabarhub

धरानमा कोरोना संक्रमितको उपचारका लागि १०० शय्याको अस्पताल शुरु


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- प्रदेश–१ को सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीमा १०० श्ययाको अस्पताल आजदेखि सञ्चालनमा ल्याएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश सभामुख प्रदीपकुमार भण्डारी, सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेशसभाका सदस्य सावित्री जोशी, उमिता बराइली, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलगायतले आज निरीक्षण गरे ।

मुख्यमन्त्री राईले कोरोनाको केन्द्रविन्दु प्रदेश भएकाले यसको उपचार र रोकथामका लागि सरकार गम्भीर भएर कार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ लाई पराजित गर्न ‘लकडाउन’को अनुशासित ढङ्गले पालना गर्नुपर्ने, सङ्क्रमितलाई व्यवस्थित उपचार तथा सङ्क्रमण विस्तार हुन नदिएर यसलाई पराजित गर्न सकिने धारणा व्यक्त गरे । मुख्यमन्त्री राईले कोभिड–१९ लाई नियन्त्रणका लागि प्रदेश सरकार पूर्ण तयारी गरिसकेकाले आत्तिनु पर्ने अवस्था नभएको बताए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिष्ठानमा एक हप्ताभित्र १०० श्ययाको अस्पताल तयार भएको बताउँदै आवश्यक परेको अवस्थामा ५०० श्यया थप गर्न सकिने विचार व्यक्त गरे । उनले कोरोना उपचार केन्द्रका लागि अन्य स्थानमा पनि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए ।

अत्याधुनिक सेवा सुविधाका साथ अस्पताल सञ्चालनमा आएको प्रतिष्ठानले जनाएको छ । प्रदेश सरकारले यसअघि विराटनगरमा कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र सञ्चालन गरेको थियो । कोभिड–१९ अस्पतालमा अहिले ३० जना सङ्क्रमितको उपचार भइरहेको छ । उक्त केन्द्रमा अहिले ५० श्यया थप गरी १०० पुर्‍याइएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : ०५ बजे

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला