धरानमा कोरोना संक्रमितको उपचारका लागि १०० शय्याको अस्पताल शुरु | Khabarhub Khabarhub

धरानमा कोरोना संक्रमितको उपचारका लागि १०० शय्याको अस्पताल शुरु


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- प्रदेश–१ को सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीमा १०० श्ययाको अस्पताल आजदेखि सञ्चालनमा ल्याएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश सभामुख प्रदीपकुमार भण्डारी, सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेशसभाका सदस्य सावित्री जोशी, उमिता बराइली, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलगायतले आज निरीक्षण गरे ।

मुख्यमन्त्री राईले कोरोनाको केन्द्रविन्दु प्रदेश भएकाले यसको उपचार र रोकथामका लागि सरकार गम्भीर भएर कार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ लाई पराजित गर्न ‘लकडाउन’को अनुशासित ढङ्गले पालना गर्नुपर्ने, सङ्क्रमितलाई व्यवस्थित उपचार तथा सङ्क्रमण विस्तार हुन नदिएर यसलाई पराजित गर्न सकिने धारणा व्यक्त गरे । मुख्यमन्त्री राईले कोभिड–१९ लाई नियन्त्रणका लागि प्रदेश सरकार पूर्ण तयारी गरिसकेकाले आत्तिनु पर्ने अवस्था नभएको बताए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिष्ठानमा एक हप्ताभित्र १०० श्ययाको अस्पताल तयार भएको बताउँदै आवश्यक परेको अवस्थामा ५०० श्यया थप गर्न सकिने विचार व्यक्त गरे । उनले कोरोना उपचार केन्द्रका लागि अन्य स्थानमा पनि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए ।

अत्याधुनिक सेवा सुविधाका साथ अस्पताल सञ्चालनमा आएको प्रतिष्ठानले जनाएको छ । प्रदेश सरकारले यसअघि विराटनगरमा कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र सञ्चालन गरेको थियो । कोभिड–१९ अस्पतालमा अहिले ३० जना सङ्क्रमितको उपचार भइरहेको छ । उक्त केन्द्रमा अहिले ५० श्यया थप गरी १०० पुर्‍याइएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : ०५ बजे

आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन

काठमाडौं– काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले आफ्नै उत्पादनसँग बजारीकरण र

सगरमाथा संवादको उद्घाटन गर्दै प्रधानमन्त्री ओली : सोल्टी होटेलमा विशेष कार्यक्रम

काठमाडौं – शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद’

‘आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सहयोग गर्छौं’

काठमाडौं– नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्वादी आक्रमणमा

माझफाँट-लेकफाँट सडक कालोपत्र

म्याग्दी– जिल्लाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक योजनाको

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

म्याग्दी– सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले आफ्नै भवनबाट कार्यालय