ओलीको विकल्प खोज्ने कोटेश्वर बैठकको निश्कर्ष « Khabarhub

ओलीको विकल्प खोज्ने कोटेश्वर बैठकको निश्कर्ष


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार दुवै सञ्चालन गर्न नसकेको निष्कर्ष निकाल्दै असन्तुष्ट नेताहरुले आगामी स्थायी कमिटी बैठकमा ओलीको विकल्प तोक्नु पर्ने अडान अघि सारेका छन्।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधकुमार नेपालसहित एक दर्जनभन्दा बढी स्थायी कमिटी सदस्यहरु सम्मिलित आइतबारको कोटेश्वर भेलामा सो निश्कर्ष निकालिएको हो ।

भेलाले प्रचण्ड, नेपालसहित स्थायी कमिटीका अधिकांश सदस्यहरु त्यस्तो अडान लिन सहमत भएकाले त्यसलाई सकारात्मक रुपमा लिन र निकास दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्ने भएको भेलामा सामेल एक सदस्यले बताए।

उनले भने, ‘ओलीले पार्टी र सरकार दुवै सञ्चालन गर्न सक्नुहुन्न भन्ने हाम्रो निष्कर्ष हो। अब त्यसको विकल्पको बाटो खोलिदिन उहाँलाई खुलेर आग्रह गर्नेमा हामी सहमत भएका छौँ।’

यही वैशाख ८ गते ओलीले पार्टीसँग कुनै पनि सल्लाह नगरी दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेपछि नेकपामा विवाद झन चुलिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ११ : ०३ बजे

कैलालीमा अध्यागमनको काम रोकिएपछि अर्को नाका प्रयोग गर्दै यात्रु

सुदूरपश्चिम– कैलालीको धनगढीस्थित अध्यागमन कार्यालयमा प्रक्रिया पुर्‍याएर आएका तेस्रो मुलुकका

कोठेगाउँमा बाँसका सामग्री बनाउनेको सङ्ख्या घट्दै

लेखनाथ– पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका