जुन १ बाट विदेशी पर्यटकले क्वारेन्टाइनमा बस्न नपर्ने स्पेनको घोषणा « Khabarhub

जुन १ बाट विदेशी पर्यटकले क्वारेन्टाइनमा बस्न नपर्ने स्पेनको घोषणा


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनले जुन १ देखि विदेशी पर्यटकले क्वारेन्टाइन बस्न नपर्ने निर्णय गरेको छ ।

सोमबार बसेको स्पेन सरकारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि मिति नतोकिकन जुनदेखि क्वारेन्टाइन बस्नुपर्ने अवस्था हटाइने बताएका स्पेनका परराष्ट्रमन्त्री अरन्चा गोन्जालेज लायाले अब कोही पनि विदेशी पर्यटकले स्पेन भ्रमण गर्दा १४ दिनको क्वारेन्टाइनमा बस्नु नपर्ने जानकारी दिएका छन् ।

बेलायत सरकारले १४ जुनदेखि सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने नीति अवलम्बन गर्नै लाग्दा स्पेनले भने अर्थतन्त्र चलायमान बनाउन विदेशी पर्यटकका लागि अब क्वारेन्टाइनमा बस्न नपर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

पर्यटन क्षेत्रले जीडीपीको १२ प्रतिशतसम्म हिस्सा ओगट्ने स्पेनमा वार्षिक ८० करोडभन्दा बढी विदेशी पर्यटकले भ्रमण गर्दै आएका छन् ।

गर्मीको मौसम समाप्त हुनुअघि बिदामा रहेका मानिसहरूलाई लक्षित गरी पर्यटक केन्द्रित उक्त निर्णय गरिएको बुझिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ६ : १७ बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर