मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्विन कोरोनाको उपचारमा प्रतिबन्ध « Khabarhub

मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्विन कोरोनाको उपचारमा प्रतिबन्ध


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेरियाको उपचारमा प्रयोग हुँदै आएको  हाइड्रोक्सिक्लोरोक्विन औषधिलाई कोरोना भाइरसको उपचारमा प्रतिबन्ध लगाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका बिरामीलाई प्रयोग गर्न अस्थायी रुपले प्रतिबन्ध लगाएको हो ।

कोरोनासँग बच्न भनेर हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएको स्थानमा मृत्युको खतरा धेरै रहेको अनुसन्धान रिपोर्ट सार्वजनिक भएपछि विश्वस्वास्थ्य संगठनले कोरोनाको उपचारमा प्रयोग गरिदै आएको  उक्त औषधिको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

डब्ल्युएचओले हाइड्रोक्सिक्लोरोक्विन औषधिसँग सम्बन्धित विश्वभर भइरहेको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो ।

डब्ल्युएचओले यो औषधि प्रयोग गर्दाको नतिजा विश्लेषण गर्ने निर्णय पनि गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रुपमै आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरिरहेको र अहिलेसम्म आफूलाई कोरोना संक्रमण नभएको भन्दै अरुलाई पनि यो औषधि सेवन गर्न प्रेरित गरिरहँदा डब्ल्युएचओले उक्त औषधिको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ७ : ३४ बजे

सार्वजनिक सेवा सुधारका लागि सूचना प्रविधि अनिवार्य : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सूचना प्रविधि

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

पोर्चुगल – विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित,

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका