राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा फेरि ढुङ्गेल नियुक्त « Khabarhub

राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा फेरि ढुङ्गेल नियुक्त


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेल पुनः नियुक्त भएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो । यसअघि उनी २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त भएका थिए ।

उनको कार्याकाल गत फागुन १८ गते सकिएपछि परिषद्का कार्यकारी उपाध्यक्षको पद खाली रहेको थियो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा गठित दुई विज्ञसहितको सिफारिस समितिले नियुक्तिका लागि सिफारिस गरेको थियो ।

नवनियुक्त कार्यकारी उपाध्यक्ष ढुङ्गेलले आगामी कार्यकालमा युवालाई स्वरोजगार बनाइ आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए ।

ढुङ्गेल तत्कालीन नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्षसमेत हुन् । सरकारले विसं २०७२ मा युवा क्षेत्रमा काम गर्ने भनेर परिषद् गठन गरेको थियो ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ८ : १५ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ