पास विना उत्तराखण्डमा गाडी चलाउने राज्यमन्त्रीका छोरा सर्वसाधारणको घेराबन्दीमा « Khabarhub

पास विना उत्तराखण्डमा गाडी चलाउने राज्यमन्त्रीका छोरा सर्वसाधारणको घेराबन्दीमा


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले भारतमा गत मार्च २४ देखिको लकडाउन जारी छ ।

लकडाउन केही खुकुलो बनाएर सवारी साधन सञ्चालन सहज बनाइए पनि पास अनिवार्य छ । मानिसहरू महामारीबाट जोगिन सामाजिक दूरी कायम गरेर बसिरहेका छन् ।

भारतले सरकारले सामाजिक दूरी पालना गर्न बारम्बार आग्रह गर्दै आएको छ । तर उत्तराखण्ड राज्यका एक राज्यमन्त्रीका छोराले भने पास विना नै सरकारी गाडी चलाएपछि उनी सर्वसाधारणको घेराबन्दीमा परेका छन् ।

भारतीय जनता पार्टी (बीजेपी) सरकारका राज्यमन्त्री विनोद आर्यका छोरा पास विना नै गाडीमा उत्तराखण्ड सरकारको चिह्न लगाएर चमोली जिल्लाको उर्गम घाटी पुगेपछि सर्वसाधारणले उनलाई घेराबन्दी गरेका हुन् ।

लकडाउनमा विना इजाजत गाडी चलाएको भन्दै मन्त्रीका छोरालाई प्रहरीले देवग्रामबाट जोशीमठ पुर्‍याएलगत्तै सरकारी गाडी नियन्त्रणमा लिएर उनीविरूद्ध मुद्दा चलाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ८ : ३९ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले