नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार पुग्न सक्ने अनुमान « Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार पुग्न सक्ने अनुमान


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार पुग्न सक्ने अनुमानसहित सोही अनुसारको तयारी गर्न थालेको छ ।

संक्रमितको संख्या ५ हजार सम्म पुग्ने नयाँ अनुमान गर्दै सरकारले त्यसअनुसार आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अघि बढाएको बीबीसी नेपाली सेवाले जनाएको छ ।

कोरोनाभाइरस नियन्त्रणका लागि खटिएको जनशक्तिका लागि आवश्यक हुने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, पन्जा जस्ता सामान खरिदका लागि सरकारले स्वीकृति दिएको छ। अहिलेसम्म ५१ हजार ६४२ नमुनाको पीसीआर विधिबाट परीक्षण भएको छ।

अहिले मौज्दात रहेका स्वास्थ्य सामग्रीबाट अरू ५० हजारभन्दा बढीको परीक्षण गर्न सक्ने अवस्था नभएपछि स्वास्थ्य सामग्री खरिदको प्रकिया अघि बढाइएको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्रराज डोटेललाई गर्दै बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ९ : ४९ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको