सिराहामा ५ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

सिराहामा ५ जनामा कोरोना संक्रमण पुष्टि


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश २ को सिराहामा पनि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईँका अनुसार सिराहामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रजिअ गुरागाईँका अनुसार भगवानपुर गाउँपालिका–४ २५, २५ २६ र २९ वर्षका ४ जना पुरुष र नवराजपुर गाउँपालिका– १ का १८ वर्षका एकजना पुरुष रहेका छन् ।

प्रजिअ गुरागाईँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सोमबार राति १० बजे सिराहामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।

उनीहरु केही सयमअघि भारतबाट आएर क्वारेन्टाइमा रहेको व्यक्ति भएको सिडियो गुरागाईँले जानकारी दिए । उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

यसअघि सिराहामा एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै सिराहामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १२ : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना