आगामी आर्थिक वर्ष स्रोत व्यवस्थापन चुनौतीपूर्ण « Khabarhub

आगामी आर्थिक वर्ष स्रोत व्यवस्थापन चुनौतीपूर्ण


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले आज हुने प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दैछ । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम छ ।

सत्तारुढ नेकपाको आइतबार भएको नेकपा सचिवालय बैठकमा अर्थमन्त्री डा. खतिवडाले बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए ।

बजेटको आकार कति ?

संघीय संसदको अर्थ समितिले सरकारलाई रु. १६ खर्ब आसपासको बजेट ल्याउन सुझाव दिएको छ । राष्ट्रिय योजना आयोगले पनि यस्तै सिलिङ दिएको छ ।

सरकारले बजेटको आकार चालु आर्थिक वर्षको तुलनामा रु. ३ खर्ब हाराहारी बढाउने तयारी गरेको मन्त्रालयसम्बद्ध स्रोतको भनाइ छ ।

चालु आर्थिक वर्षको बजेट रु. १५ खर्ब ३३ अर्ब रहेकोमा आगामी आर्थिक वर्षमा रु. १८ खर्बसम्म पुग्नसक्ने देखिएको छ । चालु खर्च बढेर रु. ११ खर्ब, पुँजीगत रु. ५ खर्ब र चालू खर्च, वित्तीय व्यवस्थापनसमेत गरी बजेटको आकार बढ्ने अनुमान छ ।

कोरोना महामारीका कारण स्वास्थ्य, शिक्षा र राहतमा बढ्ने खर्चले साधारण खर्च बढी हुने अर्थ मन्त्रालयका एक अधिकारीले बताए । मुख्य विपक्षी दल नेपाली कांग्रेसले रु. १४ खर्ब हाराहारीमा बजेट ल्याउन सुझाब दिएको छ ।

कांग्रेस नेता डा. नारायण खड्का भन्छन्, ‘घाँटी हेरेर हाड निल्ने हो, धरातलीय यथार्थमा आधारित भएर बजेट ल्याउँदा १२÷१३ खर्बजतिको आकार उचित हुन्छ ।’ पुँजीगत खर्चको आकार पनि केही कम हुन सक्ने र चालूतर्फ अनावश्यक खर्च कटौती गर्नु पर्ने उनको भनाइ छ ।

अर्का अर्थविद डा. चन्द्रमणि अधिकारी बजेटको आकार धेरै सानो हुन नहुने बताउँछन् ।

बजेटको स्रोत

बजेटका मुख्य स्रोत राजस्व, आन्तरिक ऋण, वैदेशिक ऋण र अनुदान हुन् । नेपालको अहिलेको वैदेशिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) को ३० प्रतिशत हाराहारी छ । चालु आर्थिक वर्षमा मात्रै नेपालले ऋणको साँवा र व्याजबापत झण्डै रु. ७५ अर्ब चुक्ता गर्नुपर्ने अवस्था छ ।

सामान्यतः आगामी आर्थिक वर्षमा वैदेशिक ऋण र सहायता चालु आर्थिक वर्षमा जति परिचालन नहुन सक्छ । नेपालका मुख्य विकास साझेदारहरू समेत कोरोना महामारीका कारण समस्यामा परेका छन् ।

पाँच वर्षअघि वार्षिक बजेटको ७.२ प्रतिशत वैदेशिक अनुदान आएको भए पनि पछिल्लो वर्षमा २ प्रतिशतमा खुम्चिएको छ । चालु आर्थिक वर्षमा ५८ अर्ब रुपैयाँ वैदेशिक अनुदानको लक्ष्य लिएकोमा अहिलेसम्म १० अर्ब रुपैयाँमात्रै प्राप्त हुन सकेको छ ।

आन्तरिक ऋणले थेग्ला ?

आन्तरिक ऋण उठाउने सरकारको पहिलो प्राथमिकता रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सामान्यतया जीडीपीको ५ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउनुलाई जोखिम मानिँदैन । त्यस आधारमा आगामी आर्थिक वर्षको बजेटमा २ खर्ब हाराहारीमा आन्तरिक ऋण परिचालन गर्नसक्ने विज्ञहरू बताउँछन् ।

आगामी आर्थिक वर्षमा विप्रेषण घट्ने भएकाले विदेशी मुद्रा सञ्चिति घट्ने र बाह्य सन्तुलन (सोधनान्तर स्थिति) समेत जोखिममा पर्न सक्ने देखिएको छ । चालु आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व संकलन नहुने भएको छ । आगामी आर्थिक वर्षमा यस्तै अवस्था हुन सक्नेछ ।

कोराना संकटकै कारण बजेटको स्रोत व्यवस्थापनमा समस्या आउनसक्ने चिन्ता हुन थालेको छ । चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकमबाहेक केन्द्रीय बैंकको ओभरड्राफ्टले केही सहयोग पुग्ने देखिएको छ ।

रोजगारीको अवस्था भयावह

पछिल्लो श्रम सर्वेक्षणअनुसार नेपालमा कुल श्रमशक्तिको ११ प्रतिशत बेरोजगार र ३९ प्रतिशत अर्धबेरोजगार छन् । अनौपचारिक क्षेत्रमा काम गर्नेको संख्या ४१ प्रतिशत छ जसमा उद्योगमा ८.१ प्रतिशत, कृषि क्षेत्रमा ६० प्रतिशत र निर्माण क्षेत्रमा १४ प्रतिशत छन् । तथ्यांकअनुसार पर्यटन क्षेत्रमा करिब १० लाख मानिस रोजगार छन् ।

नेपालको कुल रोजगारीमध्ये कृषिमा सबैभन्दा बढी देखिए पनि चालु आर्थिक वर्षमा रु. ५१ अर्बभन्दा बढीको खाद्यान्न मात्रै आयात भएको छ ।

नेपाली श्रम बजारमा हरेक वर्ष ५ लाख बेरोजगार थपिने गरेका छन् । वैदेशिक रोजगारीमा गएका युवा कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्किने अवस्थाले आगामी आर्थिक वर्ष बेरोजगारी समस्या विकराल हुन सक्नेछ ।

आगामी आर्थिक वर्षको बजेटले बेरोजगारी समस्या समाधानका लागि ठोस कार्यक्रम ल्याउनुपर्ने छ । बजेटको स्रोत व्यवस्थापनमा भने चुनौती देखिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १ : ०१ बजे

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको