मधुवा रोगको समस्याले किसान चिन्तित « Khabarhub

मधुवा रोगको समस्याले किसान चिन्तित


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा आँपको फल लाग्ने बेला यस वर्ष मधुवा रोगको समस्या देखिएको छ । आँपमा फल लाग्ने मुख्य समयमा नै कीराको समस्या देखिएकोे जानकी गाउँपालिका–१ का उत्पादक किसान अब्दुल वाजिद साईले बताए ।

‘फूल फुल्ने समयमै कीराको समस्या देखिएको छ’, उनले भने, ‘आँपको फूल कीराले चुसेर खाएकाले धेरै फल लाग्ने सम्भावना कम छ ।’

कृषि ज्ञान केन्द्र बाँकेले यस समस्याबाट जुध्न किसानलाई परामर्श र विषादी सिफारिस गर्दै आएको छ । कीराको समस्या देखिनुअघि नै सतर्कता अपनाउनु उत्तम उपाय भएको कार्यालयका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए ।

‘कीराको सङ्क्रमणबाट जोगिन आँपमा फूल लाग्नुभन्दा अगाडि नै आवश्यक विषादीको प्रयोग गर्नुपर्दछ । ढिलो गरी विषादी प्रयोग गर्दा फूलमा क्षति भइसकेको हुन्छ’, वरिष्ठ बागवानी विकास अधिकृत पाठकले भने, ‘कीराको समस्यालाई समयमै नियन्त्रण गर्न नसके जिल्लाको समग्र आँप उत्पादनमा ठूलो ह्रास आउने अवस्था देखिएको छ ।’

जिल्लामा गत वर्ष एक हजार १५ हेक्टर क्षेत्रफलमा नौ हजार ९१५ मेट्रिक टन आँप उत्पादन भएको थियो । तर, यस वर्ष मधुवा फड्केकीराको तीव्र सङ्क्रमणका कारण सोही परिमाणमा उत्पादन हुने सम्भावना निकै कम देखिएको सूचना अधिकारी पाठकको भनाइ छ ।

उनका अनुसार, मधुवा फड्केकीरा समूहमा उड्ने र निकै छिटो एक बगैँचाबाट अर्कोमा सर्ने गर्दछ । यसले आँपको फूल र कलिलो मुनाको रस चुस्छ, यसका कारण फूलहरू ओइलाउँछन् र फल नलाग्दै झर्छन् । कीराले एउटा चिप्लो पदार्थ पनि छोड्ने गर्छ, जसले गर्दा फूलमा कालो ढुसी लागेर झन क्षति पु¥याउँछ ।

कृषि ज्ञान केन्द्रले प्रभावित किसानहरूलाई तत्काल प्राविधिक सल्लाह लिन र सिफारिस गरिएका विषादीहरूको उचित मात्रामा प्रयोग गर्न आग्रह गरेको सूचना अधिकारी पाठकले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ८ : २७ बजे

घरजग्गा कारोबारबाट वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं– घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र

२४ घण्टामा एक हजार ९६२ जना ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार

प्रतिनिधिसभा : आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सडक मार्गलाई सुरक्षित बनाउनुपर्नेदेखि रातो

सर्वोच्चमा नयाँ ट्विस्ट : प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको आदेश

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनबमोजिम आएका रिट निवेदन

भरतपुरका सहरी क्षेत्रमा रहेका अव्यवस्थित तार हटाइँदै

चितवन– भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित