राष्ट्रियतालाई बलियो बनाउन एक होऔं – प्रकाशमान सिंह « Khabarhub

राष्ट्रियतालाई बलियो बनाउन एक होऔं – प्रकाशमान सिंह


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले राष्ट्रियतालाई बलियो बनाउन एक हुनुपर्ने बेला आएको बताएका छन् ।

सिंहले एक विज्ञप्ति जारी गर्दै नेपालको सीमामा अतिक्रमणपछि आफ्नो भूमि रक्षाको पक्षमा देश एकढिक्का भएका बेला राष्ट्रियतालाई बलियो बनाउन सबैमा अपिल गरेका छन् ।

कोरोनाको विपत्तिमा सरकारको तर्फबाट अझै ठोस प्रभावकारी जनअपेक्षा अनुरुपका कार्यक्रम ल्याउन नेता सिंहले सरकारको ध्यानाकर्षण गराएका छन् । स्वदेश तथा विदेशमा रहेका प्रत्येक नागरिकलाई सरकार अभिभावक हो भन्ने वोध हुने गरी काम गर्न उनले सरकारलाई सुझाव दिएका छन् ।

नेता सिंहले नेपालका लोकतन्त्रवादी श्रमजीवी पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन स्थापनाको २९औं वर्ष प्रवेशका अवसरमा हार्दिक शुभकामना दिएका छन् ।

देशमा लोकतन्त्र स्थापना र जनताको हकअधिकारको पक्षमा खेल्दै आएको भूमिकाका लागि नेपाल प्रेस युनियनलाई धन्यवाद दिएका छन् ।

कोरोना भाइरसको कहरमा पनि आफ्नो पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारहरूलाई सुरक्षित भएर कार्य गर्न सिंहले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १२ : ४९ बजे

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।