टिपरको ठक्करले प्रहरी नायव निरीक्षकको मृत्यु, चालकले मापसे गरेको खुलासा « Khabarhub

टिपरको ठक्करले प्रहरी नायव निरीक्षकको मृत्यु, चालकले मापसे गरेको खुलासा


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ नयाँठिमीमा दुईवटा टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी नायव निरीक्षक (सई)को मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानका अनुसार, सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपरको ठक्करबाट सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो ।

टिपरको ठकरबाट घाइते घर्तीमगरलाई नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब ५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाङको रामपुर घर भएका सइ घर्तीमगर महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत थिए । प्रहरीले टिपरका चालक धादिङका राजेन्द्र प्याकुरेल र राकेश सैंजुलाई नियन्त्रणमा लिएको छ ।

चालकले मापसे गरेर टिपर चलाएको खुलासा

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, टिपर चालक राकेश सैंजुले मदिरा पिएर टिपर चलाएका कारण दुर्घटना भएको हो ।

परिसर प्रमुख एसपी सविन प्रधानका अनुसार, पानी परेर चिप्लो सडकमा प्रतिस्पर्धा गर्दै आएका दुई टिप्परले शुरुमा रेलिङ र पछि सई घर्तीलाई ठक्कर दिएका थिए ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  २ : २४ बजे

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात