गाउँपालिका भित्रने प्रत्येक नाकामा टोली परिचालन « Khabarhub

गाउँपालिका भित्रने प्रत्येक नाकामा टोली परिचालन


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखाको गण्डकी गाउँपालिका भित्रिने प्रत्येक नाकामा रहेको झोलुङ्गे पुलमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र शिक्षकको संयुक्त टोली खटाइएको छ ।

कोरानो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारबाट टोली राखिएको छ । शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो विशेष टोली खाटाउने निर्णय गरेको अध्यक्ष होमबहादुर रानाले बताए ।

वडानम्वर १ को बुटार, २ को गोर्दी तारपुल, ३ को भैसीगौडा र ४ को फुजेल स्थित झोलुङ्गे पुलमा टोली परिचालन गरिएको छ ।

वडानम्वर ५ को दर्वुङघाट तथा ६ को फिस्लिङ, हिक्लुङ र कौलीखोलामा रहेको पुलमा पनि टोली खटाइएको रानाले जानकारी दिए । वडानम्बर ७ को इटार, ज्यामिरेघाट, धवादीघाट र अमटेमा गरी चार ठाउँमा टोली बसेका छन् । त्यस्तै वडानम्वर ८ को चरौदी, चाइनाघाट र सिउरेनीटारको बाँदरेमा छन् ।

टोलीले पालिकाभित्र आउजाउ गर्ने व्यक्तिको तथ्याङ्क संकलन गर्ने उनको भनाइ छ । उनका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खटिने उक्त टोलीले पालिका प्रवेश गर्ने नयाँ व्यक्तिको ज्वरो नाप्ने र सम्बन्धित वडासँग समन्वय गरेर क्वारेन्टाइनमा राख्न सहजीकरण गर्नेछन् ।

एउटा पुलमा तीन जनाको टोली खटिने जानकारी गराउँदै रानाले नाकामा खटिएका टोलीलाई खाजा खर्च वापत दिनको एक सय रुपैया उपलब्ध गराइने बताए ।

भारतलगायत अन्य देशमा रहेका गाउँपालिकाका मान्छेहरुको तथ्याङ्क संकलनको काम पनि भइरहेको उनले जानकारी गराए । बाहिरबाट पालिका भित्रिने जो कोहीलाई पनि निश्चित अवधिभर क्वारेन्टाइनमा राखिने उनले बताए । लकडाउनका कारण पठनपाठन ठप्प भएकाले शिक्षकलाई पनि खटाइएको उनको भनाइ छ ।

धादिङको रोराङ, चितवनको इच्छाकामना र गोरखाको शहीद लखन गाउँपालिकासँग गण्डकी गाउँपालिकाको सिमाना जोडिएका छन् । सोही सिमानामा रहेका झोलुङ्ग पुलहरुमा टोली परिचालनन गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ३ : २२ बजे

प्रधानमन्त्रीसँगको छलफलमा इन्द्रिराले उठाइन् पूर्वाधार र सामाजिक विकासका विषय

काठमाडौं – झापा क्षेत्र नम्बर २ की नवनिर्वाचित सांसद इन्द्रिरा

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौं – कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

कामठाडौं – आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको