लद्दाखस्थित भारतीय भूमिमा चिनियाँ सेना घुसेको आरोप « Khabarhub

लद्दाखस्थित भारतीय भूमिमा चिनियाँ सेना घुसेको आरोप


१३ जेष्ठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वी लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)को आसपास चीन र भारतका सेनाबीच तनाव बढिरहेको देखिएको छ ।

पूर्वी लद्दाखको सीमा क्षेत्रमा भारत र चीनबीच करिब २ महिनादेखि तनावको स्थिति छ ।

दुई देशबीच तनाव जारी रहेका बेला चीनले भारतीय इलाकामा १० किलोमिटर भित्र घुसेर १०० भन्दा धेरै पाल गाडेको जनाइएको छ ।

यो महिना मात्र दुई देशका सैनिकबीच दुई पटक झडप भइसकेको छ । यदि यी दुवै सेनाबीच भिडन्तको स्थितिमा आएमा २०१७ मा डोकलाममा भएको झडपपपछिको यो सबैभन्दा ठूलो विवाद हुनेछ ।

समाचार एजेन्सीले सूत्रको हवाला दिँदै लेखेअनुसार भारतले पेगोंग त्सो ताल र गालवान उपत्यकामा सैनिक बढाएको छ ।

यी दुई क्षेत्रमा चीनले २ हजारदेखि अढाइ हजार सैनिक तैनाथ गरेको जनाइएको छ । चीनले लद्दाखका कैयौं क्षेत्रमा आफ्नो दावी गर्दै आएको छ ।

भारतीय सेनाका एक उच्च अधिकारीले समाचार एजेन्सीलाई बताए अनुसार यी दुवै क्षेत्रमा भारतको क्षमता चीनको भन्दा राम्रो छ । तर, सबैभन्दा चिन्ताको कुरा भारतीय पोस्ट केएम १२० र गालवान उपत्यका समेत कैयौं अहम विन्दुमा चीनका सैनिक छन् ।

– दैनिक भास्करबाट

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ६ : १२ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको