लद्दाखस्थित भारतीय भूमिमा चिनियाँ सेना घुसेको आरोप « Khabarhub

लद्दाखस्थित भारतीय भूमिमा चिनियाँ सेना घुसेको आरोप


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वी लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)को आसपास चीन र भारतका सेनाबीच तनाव बढिरहेको देखिएको छ ।

पूर्वी लद्दाखको सीमा क्षेत्रमा भारत र चीनबीच करिब २ महिनादेखि तनावको स्थिति छ ।

दुई देशबीच तनाव जारी रहेका बेला चीनले भारतीय इलाकामा १० किलोमिटर भित्र घुसेर १०० भन्दा धेरै पाल गाडेको जनाइएको छ ।

यो महिना मात्र दुई देशका सैनिकबीच दुई पटक झडप भइसकेको छ । यदि यी दुवै सेनाबीच भिडन्तको स्थितिमा आएमा २०१७ मा डोकलाममा भएको झडपपपछिको यो सबैभन्दा ठूलो विवाद हुनेछ ।

समाचार एजेन्सीले सूत्रको हवाला दिँदै लेखेअनुसार भारतले पेगोंग त्सो ताल र गालवान उपत्यकामा सैनिक बढाएको छ ।

यी दुई क्षेत्रमा चीनले २ हजारदेखि अढाइ हजार सैनिक तैनाथ गरेको जनाइएको छ । चीनले लद्दाखका कैयौं क्षेत्रमा आफ्नो दावी गर्दै आएको छ ।

भारतीय सेनाका एक उच्च अधिकारीले समाचार एजेन्सीलाई बताए अनुसार यी दुवै क्षेत्रमा भारतको क्षमता चीनको भन्दा राम्रो छ । तर, सबैभन्दा चिन्ताको कुरा भारतीय पोस्ट केएम १२० र गालवान उपत्यका समेत कैयौं अहम विन्दुमा चीनका सैनिक छन् ।

– दैनिक भास्करबाट

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ६ : १२ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा