'संविधान संशोधनमा मधेशकेन्द्रित मुद्दा पनि समेटिनुपर्छ' | Khabarhub Khabarhub

‘संविधान संशोधनमा मधेशकेन्द्रित मुद्दा पनि समेटिनुपर्छ’


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले संविधान संशोधनमा आफूहरूले विगतदेखि उठाउँदै आएका एजेण्डाहरू समावेश हुनुपर्ने माग राखेको छ ।

नयाँ नक्सा जारी भएपछि हुन लागेको संविधान संशोधनमा मधेश केन्द्रित एजेण्डाहरु समावेश हुनुपर्ने जनता समाजवादीले माग राखेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मंगलवार साँझ बालुवाटारमा बसेको सर्वदलीय बैठकमा जनता समावदी पार्टीका नेताहरूले सुगौली सन्धि अनुसारको भूमि नेपालको हो भन्ने कुरामा आफूहरूको फरक मत नरहेको तर, संविधान संशोधन गर्दा आफूहरूका मागलाई पनि समावेश गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय एकता प्रधानमन्त्रीले भनेजस्तो मात्र नहुने जनता समाजवादीका नेता उपेन्द्र यादवले बताए । सीमा विवादमा सरकारको साथमा रहेको जिकिर गर्दै मधेसकेन्द्रित दलहरुले साथसाथै यही संविधान संशोधनकै क्रममा आफ्ना एजेन्डाहरुलाई पनि समावेश गर्नुपर्ने माग गरेका हुन् ।

बैठकमा जनता समाजवादी दलका तर्फबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुर र शरद्सिंह भण्डारीलगायत सहभागी थिए।

बैठकमा मधेसकेन्द्रित नेताहरुले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउनुपर्नेमा आफ्नो दुई मत नरहेको तर संविधान संशोधनका लागि आफ्ना अन्य महत्त्वपूर्ण एजेन्डा रहेको र ती एजेन्डा यसैपटक संशोधनमा पार्नुपर्ने जिकिर गरेका थिए।

बैठकपछि उपेन्द्र यादवले भने, ‘मधेसी दलहरुले आफ्ना एजेन्डाका लागि आन्दोलन गरेको र यो आन्दोलनको उपलब्धिस्वरुप हाम्रा माग संविधान संशोधनमा पार्नुपर्ने बतायौँ।’

उनले थपे, ‘मधेसमा मधेसीका मात्रै मुद्दा छैनन्, थारुका मात्र मुद्दा छैनन्, सबै नेपालीका मुद्दा छन्, त्यसैले संविधानमा भएका कमीकमजोरी सच्चाएर संशोधन गर्नुपर्छ।’

यादवले राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्ने तर त्योसँगसँगै अन्य तत्त्व पनि महत्त्वपूर्ण रहेको जिकिर गरे।

बैठकपछि पूर्वप्रधानमन्त्री भट्टराईले भौगोलिक एकतामा आफ्नो दुईमत नरहेको उल्लेख  गरे । उनले भने, ‘मधेसी, मुस्लिम, थारुलगायत पिछडिएका समुदायलाई सरकारलाई हातमा लिनुपर्छ ।’

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ९ : १० बजे

सरोकारवाला भन्छन् : मुहानबाटै बागमतीको सफाइ गर्नुपर्छ

काठमाडाैं – बागमती नदीको मुहानस्थलमै फोहर बढ्न थालेकाले तलमात्र सफाइ

आजका समाचार : प्रधानमन्त्री ओली न्युयोर्कमा, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा प्रचण्डको जोड

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक :

गुणस्तरीय पानी आपूर्तिलाई उच्च प्राथमिकतामा राखेका छौँ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई

वेस्ट ह्याममाथि चेल्सीको शानदार जित

काठमाडौं– चेल्सीले इङ्लिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित

महिलाले रथ ताने, इन्द्रजात्रा समापन (तस्बिरहरू)

काठमाडौं – बसन्तपुर क्षेत्रका स्थानीय महिलाहरूले कुमारी, गणेश र भैरवको