मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान « Khabarhub

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक विद्यालयमा सचेतना अभियान सञ्चालन गरेको छ ।

कार्यक्रममा कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागी छन् । विश्व बैंक र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाले यसमा सहयोग पुर्‍याएकाे छ ।

मेचीनगर नगरपालिका– १५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयबाट सुरु गरिएको कार्यक्रम अरनिको माध्यमिक विद्यालय, सहिद दशरथचन्द माध्यमिक विद्यालय, आदर्श माध्यमिक विद्यालय, सरस्वती बालकल्याण माध्यमिक विद्यालय, काँकडभिट्टा माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, भानु माध्यमिक विद्यालय, पवित्र माध्यमिक विद्यालय र बलभद्र माध्यमिक विद्यालयमा क्रमशः सञ्चालन हुने नगरपालिकाकी महिला तथा बालबालिका शाखाकी प्रमुख जयन्ती खरेलले बताइन् ।

मुलुकमा सबैभन्दा धेरै मात्रामा लैङ्गिक हिंसाका घटना कोशी प्रदेशमा र प्रदेशभित्र पनि मेचीनगर नगरपालिकामा भएका कारण लैङ्गिक हिंसा रोकथाम र प्रतिकार्यका लागि परियोजना सञ्चालन गरिएको परियोजनाकी विज्ञ कमला उप्रेतीले बताइन् ।

कार्यक्रम अन्तर्गत छात्रछात्रालाई लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक जानकारी गराएर कुनै पनि प्रकारको हिंसा भएमा प्रतिकार गर्ने, आवाज उठाउने र सम्बन्धित निकायमा उजुरी दिन जाने प्रक्रिया सिकाउने गरिएको छ ।

विद्यालय जाने एकान्त सडक, शौचालय, ट्युसन कक्ष, वनभोजस्थल लगायतका स्थानमा हिंसाको जोखिम बढी हुने भएकाले सजगता अपनाउनुपर्ने काँकडभिट्टा इलाका प्रहरी कार्यालयकी महिला तथा बालबालिका सेलकी प्रहरी नायब निरीक्षक मिलन राईले बताइन् ।

सचेतना कार्यक्रममा असल छुवाइ र खराब छुवाइका बारेमा विद्यार्थीलाई जानकार गराइएको छ भने विद्यालयमा हुनसक्ने लैङ्गिक हिंसा रोकथाममा शिक्षक र विद्यालयको वातावरणको भूमिका हुने बताइएको छ ।

लैङ्गिक हिंसा रोकथाम र प्रतिकार्यका लागि मेचीनगरमा गठन भएको पुरुष सञ्जालले समेत विद्यालय लक्षित कार्यक्रममा सक्रिय सहयोग पुर्‍याइरहेकाे छ । (रासस)

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ११ : ४० बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना