काभ्रेको रोशीमा गोली चल्यो | Khabarhub Khabarhub

काभ्रेको रोशीमा गोली चल्यो


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रे जिल्लाको रोशी गाँउपालिकामा बोधिचित्त लुटेरा र प्रहरीबीच जम्काभेट हुँदा गोली चलेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमार विक्रम थापाका अनुसार, बोधिचित्तको माला लुटपाट गर्न आएको समूहले बिहानै गोली चलाएको हो ।

गाउँमा बोधिचित्त लुट्न आएको सूचना पाएपछि प्रहरीको टोली गाउँमा पुगेको थियो । प्रहरी र हतियारधारी समूहको जम्काभेट हुँदा गोली चलेको हो ।

लुटेरा समूहले प्रहरीलाई कुटपिट समेत गरेको र बाटोमा बम राखेर भागेको बताइएको छ ।

डिएसपी थापाका अनुसार, प्रहरी केहीबेर अघि मात्र घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ८ : २९ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको