१६ वर्षीया टिकटक स्टारले गरिन् आत्महत्या, परिवार तनावमा « Khabarhub

१६ वर्षीया टिकटक स्टारले गरिन् आत्महत्या, परिवार तनावमा


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतमा एक टिकटक स्टारले आत्महत्या गरेकी छिन् । १६ वर्षीया सिया कक्करले बिहीवार आत्महत्या गरेकी हुन् ।

उनले किन आत्महत्या गरिन् भन्ने अझै खुलेको छैन । तर, लामो समयदेखि डिप्रेसनमा रहेको जनाइएको छ । दिल्लीमा बस्दै आएकी सिया टिकटकमा चर्चित थिइन् ।

सियाले दिल्लीको गीता कोलोनीस्थित आफ्नो घरमा राति ९ बजे आत्महत्या गरेकी थिइन् । बलिउडमा सुशान्त सिंह राजपूतले आत्महत्या गरेको १० दिनपछि सियाले आत्महत्या गरेकी हुन् ।

उनले किन आत्महत्या गरिन् भन्ने खुलेको छैन । उनीबाट कुनै सुसाइड नोट पनि मिलेको छैन । सियाको आत्महत्याले परिवार तनावमा छ । परिवारका कुनै सदस्यले पनि घटनालाई लिएर केही नबोलेको भारतीय मिडियाले जनाएका छन् ।

सामाजिक सञ्जालमा लोकप्रिय सियालाई इन्स्टाग्राममा १ लाखभन्दा बढीले फलो गरेका थिए । उनले २० घण्टापहिले टिकटकमा एक भिडियो अपलोड गरेकी थिइन् ।

प्रहरीका अनुसार लकडाउन भएपछि उनी घरमै बसेकी थिइन् । र, उनी गएको ४/५ दिनदेखि डिप्रेसनमा थिइन् ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १ : ३१ बजे

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति