एनटीएका खेलाडीले दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दोमा भाग लिने « Khabarhub

एनटीएका खेलाडीले दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दोमा भाग लिने


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो प्रतियोगितामा भाग लिने भएका छन् । दुवै प्रतियोगिता पुम्से विधामा हुनेछ ।

जुलाई ७ देखि १० तारिखसम्म हुने प्रथम मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो इस्पोर्ट्स च्यालेन्जमा ७ खेलाडीले विभिन्नि स्पर्धामा प्रतिस्पर्धा गर्ने एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

प्रवीण श्रेष्ठले ९ वर्षमुनि, भिजन तामाङले ११ वर्षमुनि, प्रगति कुइकेलले १४ वर्षमुनि, अस्मिता नगरकोटीले १७ वर्षमुनि, चन्दु शाही र पुष्पप्रसाद गौतमले ३९ वर्षमुनि तथा मधुसुधन सापकोटाले ४० वर्षमाथि स्पर्धामा खेल्ने छन् ।

त्यस्तै अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीको आयोजनामा हुने आईओएफटीसी लकडाउन कोभिड– १९ अनलाइन भिडियो च्याम्पियनसिपमा ५ खेलाडीले सहभागिता जनाउने छन् ।

मेलिना राई र प्रगति कुइकेलले १२–१४ वर्ष, अस्मिता नगरकोटीले १५–१७ वर्ष, चन्दु शाही र पुष्पप्रसाद गौतमले १८–३० वर्ष र मधुसुधन सापकोटाले ४१–५० वर्ष उमेरसमूहमा आफ्नो कौशल प्रदर्शन गर्ने छन् । प्रतियोगिता जुलाई १२ देखि १८ तारिखसम्म हुने छ ।

खेलाडीलाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, समाजसेवी अमरचन्द्र बोहरालगायतले एक कार्यक्रमबीच सफलताका लागि शुभकामना दिएका थिए ।

सो अवसरमा मेयर थापाले पदक विजेता खेलाडीलाई नगरपालिकाले नगदसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष खड्काले बताए । दुवै प्रतियोगितामा खड्का निर्णायकको भूमिकामा हुनेछन्।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ३ : ५६ बजे

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना

काठमाडौं बस्ने थारु समुदायले माघी पर्व टुँडिखेलमा मनाउने

काठमाडौं– काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका थारु समुदायले काठमाडौंको टुँडिखेलमा

इरानप्रति अमेरिकी नीति पुनरावलोकन, आगामी कदम विचाराधीन

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको वर्तमान अवस्थासम्बन्धी विषयमा आफ्नो