काठमाडौंमा शुक्रबार थपिए ३ कोरोना संक्रमित « Khabarhub

काठमाडौंमा शुक्रबार थपिए ३ कोरोना संक्रमित


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँमा पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना पुष्टि भएको छ।

शुक्रबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको परीक्षणमा तीन जनाको रिपोर्ट पोजिटिभ आएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना पुष्टि भएको छ। जसमा १०७ महिला र ४८६ पुरुष रहेको प्रवक्ता गौतमले बताए।

योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ। जसमा १२ सय ४९ महिला र १० हजार ५०६ पुरुष रहेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा जम्मा ४८ जना उपचारपछि निको भएर घर फर्केका छन्। हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ४ : ५८ बजे

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ