नेकपा स्थायी कमिटी बैठक : १८ जनाले धारणा राखे, सीमा अतिक्रमणको विषय प्राथमिकतामा | Khabarhub Khabarhub

नेकपा स्थायी कमिटी बैठक : १८ जनाले धारणा राखे, सीमा अतिक्रमणको विषय प्राथमिकतामा

प्रधानमन्त्री ओली बैठकमा गएनन्


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा नेपालको भारत र चीनसँगको सीमा विवादको विषय उठेको छ । आजको बैठकमा १८ जना स्थायी कमिटी सदस्यले आआफ्नो धारणा राख्दै नेपालीको भारत र चीनसँगको सीमा विवादको विषयलाई उठाएका छन् ।

आजको बैठक बुधबार तय गरिएका एजेन्डा प्रवेश गरेसँगै १८ जना स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा आफ्नो धारणा राख्ने क्रममा स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालको भारत र चीनसँग सम्बन्धित सीमा विवादका विषयमा आफ्नो धारणा राखेका थिए।

मन्त्री ज्ञवालीले भारतलाई वार्ताका लागि पटक-पटक आग्रह गरे पनि सकारात्मक नदेखिएको जानकारी गराएका थिए।

उनले सीमा विवादका विषयमा अहिलेसम्म भएको विकासक्रमका विषयमा जानकारी गराएका थिए। अतिक्रमित भूमि फिर्ता गर्ने सवालमा भारतसँग पहल गरिरहेको जानकारी बैठकलाई गराएको प्रवक्ता श्रेष्ठले जानकारी लिए।

बैठकमा भएको छलफलको विषय जानकारी गराउँदै प्रवक्ता श्रेष्ठले भने, ‘भारतले अहिलेसम्म वार्ताका लागि सकारात्मक भएको छैन। हामी आशा गर्छौं भारत वार्ताका लागि तयार हुनेछ। कूटनीतिक माध्यमबाटै समस्याको समाधान गर्ने विषयमा टुंगोमा पुगिने मन्त्री ज्ञवालीले बताउनु भएको थियो ।’

मन्त्री ज्ञवालीले केही सञ्चारमाध्यमले चीनद्वारा पनि नेपाली भूमि अतिक्रमण भएको भन्दै प्रचार गरिएको विषयमा पनि बैठकलाई जानकारी गराएका थिए। चीनले पनि नेपाली भूमि मिचेको भनेर समाचार आएको भन्दै त्यो झुठो र भ्रामक प्रचार भएको भनेर जानकारी गराएका थिए।

त्यस्तै स्थायी समिति सदस्यहरू लिलामणि पोखरेल, मातृका यादव, देव गुरुङ, गोकर्ण विष्ट, छविलाल विक, अमृत बोहोरा, पम्फा भुसाल, शंकर पोखरेल, वेदुराम भुसाल, रघुविर महासेठ, भिम रावल, मुकुन्द न्यौपाने, भिम आचार्य, अष्टलक्ष्मी शाक्य, गणेश शाह, केशव बडाल र नारायणकाजी श्रेष्ठले आफ्नो विचार राखेका थिए ।

बैठकमा नेताहरूले अतिक्रमित भू-भागका विषयमा भए गरेको कामलाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकारलाई सुझाव दिएका छन्। त्यसमा अझै एकताबद्ध ढंगले अगाडि बढ्नुपर्छ भन्नेमा जोड दिएका थिए।

लिम्पियाधुरा, कालापानी, लिपूलेक तथा सुस्तालगायत मिचिएका भूमि फिर्ता ल्याउने विषयमा सरकारले पहल गरोस् भन्नेमा जोड दिइएको प्रवक्ता श्रेष्ठले बताए।

बैठकमा सहभागी भएनन् ओली
आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएनन् । प्रधानमन्त्री ओली बैठकमा सहभागी नहुने जानकारी महासचिव विष्णु पौडेलले जानकारी गराएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले बैठक सञ्चालन गरेका थिए ।

अध्यक्ष ओली किन बैठकमा सहभागी भएनन भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘महासचिवले जानकारी दिएअनुसार प्रधानमन्त्री अरू काममा व्यस्त भएकाले बैठकमा उपस्थित हुन नसक्नुभएको हो । प्रधानमन्त्रीले बैठक चलाउँदै गर्नुहोस् । सकेसम्म म आउँदै गर्छु भन्नु भएको थियो। तर, अन्तिम समयसम्म पनि उहाँ आउनु सक्नुभएन ।’

अर्को बैठक शनिबार बिहान ११ बजे फेरि बस्ने श्रेष्ठले बताए।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ५ : ३३ बजे

अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष दाहाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

भारत–चीन सीमा सम्वाद नेपालको हितमा : एमाले

काठमाडौं– चीन र भारतबीच अघिल्लो साता भएको सीमा सम्वादलाई नेकपा

नाफिज सदस्यको साढे १६ करोडको दुर्घटना बीमा

काठमाडौं– नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) का सदस्यहरूको साँढे १६

बागमती सफाइ अभियानमा महानगरले सघाउने

काठमाडौं– काठमाडौं महानगरपालिकाका १० वटा वडाले बागमती सफाइ अभियानलाई सहयोग

अर्थसंक्षेप : आधा दर्जन कानुन बनाउन सरकारलाई आयोगको सुझाव, आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित

काठमाडौं– उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई आधा दर्ज कानुन