काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या ८७ पुग्यो « Khabarhub

काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या ८७ पुग्यो


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकाभित्र हालसम्म कोरोना संक्रमितको संख्या ८७ जना पुगेको छ।

शुक्रबार तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै काठमाडौंका कोरोना संक्रमितको संख्या ८७ पुगेको हो ।

कोभिड-१९ संक्रमण हेर्ने प्रहरी प्रधान कार्यालयद्वारा गठित समितिका अनुसार काठमाडौं उपत्यकामा हाल ४७ जना उपचाररत छन्।

हालसम्म काठमाडौंमा ५२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा १० जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकामा संक्रमण पुष्टी भएकामध्ये ४२ जना महिला र ४५ जना पुरुष छन्। यीमध्ये एक जनाको मृत्यु भएको छ भने अन्य संक्रमित कोरोनालाई जितरे अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ७ सय ५५ पुगेको छ।

पछिल्लो २४ घण्टामा मात्रै ५ सय ९३ जना कोरोना संक्रमित थपिएका छन्।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ९ : २९ बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक