काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या ८७ पुग्यो « Khabarhub

काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या ८७ पुग्यो


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकाभित्र हालसम्म कोरोना संक्रमितको संख्या ८७ जना पुगेको छ।

शुक्रबार तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै काठमाडौंका कोरोना संक्रमितको संख्या ८७ पुगेको हो ।

कोभिड-१९ संक्रमण हेर्ने प्रहरी प्रधान कार्यालयद्वारा गठित समितिका अनुसार काठमाडौं उपत्यकामा हाल ४७ जना उपचाररत छन्।

हालसम्म काठमाडौंमा ५२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा १० जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकामा संक्रमण पुष्टी भएकामध्ये ४२ जना महिला र ४५ जना पुरुष छन्। यीमध्ये एक जनाको मृत्यु भएको छ भने अन्य संक्रमित कोरोनालाई जितरे अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ७ सय ५५ पुगेको छ।

पछिल्लो २४ घण्टामा मात्रै ५ सय ९३ जना कोरोना संक्रमित थपिएका छन्।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ९ : २९ बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन