लागुऔषध कारोबारमा संलग्न प्रहरी निरीक्षकसहित पाँच पक्राउ « Khabarhub

लागुऔषध कारोबारमा संलग्न प्रहरी निरीक्षकसहित पाँच पक्राउ


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लागुऔषधको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरी निरीक्षकसहित पाँ जना पक्राउ परेका छन् ।

लागु औषध नियन्त्रण ब्युरोको टोलीले नेपालगञ्ज घर भई हाल ललितपुर प्रहरी परिसरमा दरबन्दी रहेका प्रहरी निरीक्षक रुद्रबहादर शाहसहित पाँच जनालाई पक्राउ परेका हुन् ।

पक्राउ पर्ने अन्य ब्यक्तिहरुमा उदयपुरको त्रियुगा नगरपालिका ११ का बर्ष ३६ का एलिसन बस्नेत, बर्दियाको ठाकुरबाबा नगरपालिका ३ का सन्तोष कुमार शाह, काठमाडौं महानगरपालिका १ नारायणचौर नक्सालका वर्ष ४८ का भुपेश शेरचन, काठमाडौं ३० ज्ञानेश्वरका अभिनास थपलिया रहेका छन ।

उनीहरु सबैलाई काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पुरानो सिनामङ्गलस्थित सन्तोष कुमार शाहको घरबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले मनोद्विपक लागू औषध डायलेक्स डिसि ६ सय ६० बोतल, नाइट्राभेट ११ सय ४० ट्याब्लेट्स, स्पामोप्रोक्सिभोन३ सय ३० क्याप्सुल र नगद १ लाख रुपैया बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै ब्युरोले उनीहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ६ : ४१ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय