कोरोनाका कारण दक्षिण अफ्रिकामा एक लाख व्यवसाय बन्द हुने अवस्थामा « Khabarhub

कोरोनाका कारण दक्षिण अफ्रिकामा एक लाख व्यवसाय बन्द हुने अवस्थामा


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कोरोनाभाइरस महामारीका कारण दक्षिण अफ्रिकामा करिब एक लाख उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुगेको अर्थशास्त्रीहरुले जनाएका छन् ।

कोरोना महामारीका कारण साना, मझौला तथा सुक्ष्म खालका गरी करिव एक लाख उद्योग व्यवसायहरू धराशायी अवस्थामा पुगेको उनीहरुले बताएका हुन् ।

दक्षिण अफ्रिकाका वरिष्ठ अर्थशास्त्री दावी रूड्टले महामारीका कारण दक्षिण अफ्रिकाका कम्तीमा २० लाख मानिस बेरोजगार हुने बताएका छन् । उनले कोरोना महामारीले दक्षिण अफ्रिकाको अर्थतन्त्रमा व्यापक प्रभाव परेको जनाएका छन् ।

दक्षिण अफ्रिकी अर्थतन्त्र पहिल्यैदेखि ओरालो लागेको अवस्थामा कोरोना महामारीले थप संकट सिर्जना गरेको उनले बताए ।

दक्षिण अफ्रिकाको साना व्यवसाय विकास विभागले पनि महामारीका कारण दशौँ हजार कम्पनीहरू बन्द हुने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १० : २३ बजे

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम– धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५