लुकाकुको २ गोलमा जिनोआविरूद्ध इन्टर मिलानको शानदार जीत « Khabarhub

लुकाकुको २ गोलमा जिनोआविरूद्ध इन्टर मिलानको शानदार जीत


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले शानदार जीत निकालेको छ ।

शनिबार राति भएको खेलमा इन्टरले जिनोआलाई ३-० गोल अन्तरले पराजित गरेको हो । जिनोआको मैदानमा इन्टरलाई जीत दिलाउन रोमेरो लुकाकुले दुई गोल गरे । यस्तै एलेक्सिस सान्चेजले एक गोल थपे ।

पहिलो हाफको ३४औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । खेलको ८३औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए ।

खेलको इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३-० को सहज जीत दिलाए । घरेलु टोलीलाई हराएसँगै इन्टर लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ ।

जीतपछि इन्टरले ३६ खेलमा ७६ अंक जोडेको छ । एटलान्टालाई १ अंकले पछि पार्दै इन्टर दोस्रो स्थानमा उक्लिएको हो ।

इन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ४ अंकले पछि रहेको छ । एक खेल कम खेलेको युभेन्ट्सको ८० अंक रहेको छ । युभेन्ट्सलाई उपाधि जीत्न अब एक जीतको आवश्यकता रहेको छ । जिनोआ ३६ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ५ : ४९ बजे

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ

विभिन्न जिल्लामा वर्षा

काठमाडौं – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण