लुकाकुको २ गोलमा जिनोआविरूद्ध इन्टर मिलानको शानदार जीत « Khabarhub

लुकाकुको २ गोलमा जिनोआविरूद्ध इन्टर मिलानको शानदार जीत


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले शानदार जीत निकालेको छ ।

शनिबार राति भएको खेलमा इन्टरले जिनोआलाई ३-० गोल अन्तरले पराजित गरेको हो । जिनोआको मैदानमा इन्टरलाई जीत दिलाउन रोमेरो लुकाकुले दुई गोल गरे । यस्तै एलेक्सिस सान्चेजले एक गोल थपे ।

पहिलो हाफको ३४औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । खेलको ८३औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए ।

खेलको इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३-० को सहज जीत दिलाए । घरेलु टोलीलाई हराएसँगै इन्टर लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ ।

जीतपछि इन्टरले ३६ खेलमा ७६ अंक जोडेको छ । एटलान्टालाई १ अंकले पछि पार्दै इन्टर दोस्रो स्थानमा उक्लिएको हो ।

इन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ४ अंकले पछि रहेको छ । एक खेल कम खेलेको युभेन्ट्सको ८० अंक रहेको छ । युभेन्ट्सलाई उपाधि जीत्न अब एक जीतको आवश्यकता रहेको छ । जिनोआ ३६ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ५ : ४९ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष