इंग्ल्याण्डविरूद्धको तेस्रो टेष्टमा वेष्ट इण्डिजको खराब प्रदर्शन | Khabarhub Khabarhub

इंग्ल्याण्डविरूद्धको तेस्रो टेष्टमा वेष्ट इण्डिजको खराब प्रदर्शन


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्ल्याण्डविरूद्धको तेस्रो टेष्टमा वेष्ट इण्डिजले खराब प्रदर्शन गरेको छ ।

म्यानचेस्टरमा शनिबार इंग्ल्यान्डलाई पहिलो इनिङमा ३ सय ६९ रनमा समेटेर ब्याटिङ थालेको वेष्ट इण्डिज ४७.१ ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएर खेल्दैछ । दोस्रो दिनको खेल समाप्तिसम्म वेष्ट इण्डिज २३२ रनले पछि परेको छ ।

यसअघि ओल्ड ट्राफोर्डमा ४ विकेटको क्षतिमा २ सय ५८ रनबाट दोस्रो दिनको ब्याटिङ थालेको इंग्ल्यान्डले थप १ सय ११ रन जोड्दा सबै विकेट गुमाएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १ रन जोड्दा ओपनर डोम सिब्लीलाई सुन्य रनमा गुमाएको थियो । ४७ रन जोड्दा कप्तान जोय रुटलाई १७ रनमा गुमाएको इंग्ल्यान्डले बेन स्टोक्सलाई पनि २० रनमा गुमाएको थियो ।

यस्तै टिमको स्कोर १ सय २२ रन हुँदा इंग्ल्यान्डले चौंथो विकेटको रुपमा रोरी ब्रुन्सलाई ५७ रनमा गुमाएको थिए ।

तर, ओली पोप र जोस बट्लरले शतकीय साझेदारी गर्दै इंग्ल्यान्डको इनिङ्स उकासेका थिए । पोप ९१ र बट्लर ६९ रन बनाएर आउट भए । यस्तै स्टुवार्ड बोर्डले ६२ रन जोड्दा डम बेस १८ रनमा अविजित रहे ।

वेष्ट इन्डिजका केमार रोचले ४ विकेट लिए । शानन ग्राबियल र रोस्टन चेसले २/२ विकेट लिए । दुवै टिम अन्तिम टेष्टमा जीत निकाल्दै सिरिज कब्जा गर्ने लक्ष्यमा रहेका छन् ।

दुई टोलीबीचको तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । यस अघि पहिलो टेष्टमा वेष्ट इन्डिज ४ विकेटले बिजयी थियो । तर, दोस्रो टेष्टमा १ सय १३ रनको जित निकाल्दै इंग्ल्यान्डले सिरिज बराबरी गरेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ७ : ४२ बजे

तनहुँ प्रशासनले भोलिदेखि नागरिकतासम्बन्धी सेवा दिने

दमौली–  ‘जेन-जी’ प्रदर्शनपश्चात् अवरुद्ध बनेको नागरिकतासम्बन्धी काम बिहीबारदेखि सुरु हुने

‘निकै जतन गरी चलाएका सवारिसाधन खरानी भए’

काठमाडौं– आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पूर्वक रूपमा

बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय

काठमाडौं– औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२