इंग्ल्याण्डविरूद्धको तेस्रो टेष्टमा वेष्ट इण्डिजको खराब प्रदर्शन « Khabarhub

इंग्ल्याण्डविरूद्धको तेस्रो टेष्टमा वेष्ट इण्डिजको खराब प्रदर्शन


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्ल्याण्डविरूद्धको तेस्रो टेष्टमा वेष्ट इण्डिजले खराब प्रदर्शन गरेको छ ।

म्यानचेस्टरमा शनिबार इंग्ल्यान्डलाई पहिलो इनिङमा ३ सय ६९ रनमा समेटेर ब्याटिङ थालेको वेष्ट इण्डिज ४७.१ ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएर खेल्दैछ । दोस्रो दिनको खेल समाप्तिसम्म वेष्ट इण्डिज २३२ रनले पछि परेको छ ।

यसअघि ओल्ड ट्राफोर्डमा ४ विकेटको क्षतिमा २ सय ५८ रनबाट दोस्रो दिनको ब्याटिङ थालेको इंग्ल्यान्डले थप १ सय ११ रन जोड्दा सबै विकेट गुमाएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १ रन जोड्दा ओपनर डोम सिब्लीलाई सुन्य रनमा गुमाएको थियो । ४७ रन जोड्दा कप्तान जोय रुटलाई १७ रनमा गुमाएको इंग्ल्यान्डले बेन स्टोक्सलाई पनि २० रनमा गुमाएको थियो ।

यस्तै टिमको स्कोर १ सय २२ रन हुँदा इंग्ल्यान्डले चौंथो विकेटको रुपमा रोरी ब्रुन्सलाई ५७ रनमा गुमाएको थिए ।

तर, ओली पोप र जोस बट्लरले शतकीय साझेदारी गर्दै इंग्ल्यान्डको इनिङ्स उकासेका थिए । पोप ९१ र बट्लर ६९ रन बनाएर आउट भए । यस्तै स्टुवार्ड बोर्डले ६२ रन जोड्दा डम बेस १८ रनमा अविजित रहे ।

वेष्ट इन्डिजका केमार रोचले ४ विकेट लिए । शानन ग्राबियल र रोस्टन चेसले २/२ विकेट लिए । दुवै टिम अन्तिम टेष्टमा जीत निकाल्दै सिरिज कब्जा गर्ने लक्ष्यमा रहेका छन् ।

दुई टोलीबीचको तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । यस अघि पहिलो टेष्टमा वेष्ट इन्डिज ४ विकेटले बिजयी थियो । तर, दोस्रो टेष्टमा १ सय १३ रनको जित निकाल्दै इंग्ल्यान्डले सिरिज बराबरी गरेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ७ : ४२ बजे

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार