४ गोलले मान्यता नपाउँदा नापोलीसँग सस्सुलोको हार « Khabarhub

४ गोलले मान्यता नपाउँदा नापोलीसँग सस्सुलोको हार


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सस्सुलोले लगाएको चार गोलले मान्यता नपाउदा इटालियन सिरी ‘ए’ मा नापोलीले जीत हार पारेको छ ।

नापोलीमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जीतमा इलसिड ह्यासाज र एलानले गोल गरे ।

खेलको आठौं मिनेटम नै लेफ्टब्याक इलसिडले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि सस्सुलोले चार गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) बाट मान्यता नपाउदा पराजित हुन पुग्यो ।

सस्सुलोको चार गोलमध्ये तीन गोलमा अफसाइड देखिएपनि एक गोलमा अफसाइड देखिएको थिएन । सस्सुलोको तेस्रो गोलमा कुनै अफसाइड देखिएको थिएन । इन्ज्युरी समयमा एलानले गोल गर्दै नेपोलीलाई २–० को नाटकीय जीत दिलाए । ३२औं मिनेटमा फिलिप डुरिसिसले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । उनी अफसाइड ठहरिए ।

फ्रान्सिस्को कापुटोले पास दिनुअघि नै उनी अफसाइड पोजिसनमा रहेका थिए । ३७औं मिनेटमा फिलिप डुरिसिसले अर्को गोल गरेपनि गोलले मान्यता पाएन । हामेद ट्राओरेको प्रहारलाई गोलरक्षक डेभिड ओस्पिनाले बचाएपनि रिवाउन्डमा फिलिप डुरिसिसले गोल गरेका थिए । तर, हामेद ट्राओरे अफसाइड पोजिसनमा रहेका थिए ।

४९औं मिनेटमा फ्रान्सिस्को कापुटोले गोल गरेपनि उनी अफसाइड ठहरिए । ६१औं मिनेटमा डोमिनिको बेरारडीलेले अर्को गोल गरेपनि उनको गोलले मान्यता पाएन ।

जीतसँगै नापोली ५९ अंक जोडेर सातौँ स्थानमा यथावत रहेको छ । सस्सुलो भने ४८ अंकका साथ आठौं स्थनमा रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ८ : ४६ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष